६ फागुन, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको ब्याटिङ कोचमा उमेश पट्वाल नियुक्त भएका छन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् ।
डिभिजन टू खेलेर नेपाली टोली शनिबार मात्र नेपाल आएको थियो । यो प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।
पट्वाल सन् २०१४ मा टी-२० विश्वकपको समयमा अफगानिस्तानको ब्याटिङ कोच थिए । उनले अफगानिस्तानको लिग टिममा आवद्ध टिममा प्रशिक्षकको भूमिका पनि निभाएका थिए ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली विश्वकप छनोट खेल्न यो शनिबार जिम्बावे प्रस्थान गर्ने कार्यक्रम छ । टोलीका १४ सदस्य डिभिजन टू खेलेका खेलाडी नै हुनेछन् भने एक सदस्यको नाम केही दिनमै सार्वजनिक हुनेछ ।
विश्वकप छनोटमा नेपाल, अफगानिस्तान, स्कटल्याण्ड, जिम्बाबे र हङकङ रहेको समूह बीमा छ ।
प्रतिक्रिया 4