Comments Add Comment

पुलिसको सहज यात्रा

६ फागुन, हेटौंडा । नेपाल पुलिस क्बल हेटौंडा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । पुलिसले आफ्नो पहिलो खेलमा घरेलु टम विजयी युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

११ औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका अभिषेक रिजालले ४० औं मिनेटमा दोस्रो गोल गरे र टिमलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

घरेलु दर्शकको साथ पाएपनि विजय युथ खेलमा फर्कन सकेन । खेलको ५९ औं मिनेटमा रजी पासवानले गोल गर्दै गोल गर्दै पुलिसलाई सहज जित दिलाएका छन् ।

खेलको ८१ औं मिनेटमा विजयी युथ १० जनामा समेटियो । पुलिसका पि्रलेन तामाङलाइ हातपात गरेपछि मनोज विष्टले रातो कार्ड पाए ।

पुलिसका अभिसेक रिजाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल सुदूरपश्चिम ११ र विभागीय टिम त्रिभुवन आर्मीबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment