Comments Add Comment

बिरामी मधुबालालाई यसरी उपेक्षा गरेका थिए पति किशोर कुमारले

मुम्बई । बलिउडकी सुन्दरी नायिका मुधुबाला १४ फेब्रुअरी १९३३ मा जन्मेकी थिइन् भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका दिन जन्मेकी मधुबालाले बाचुञ्जेल प्रेमका लागि तड्पिनुपर्‍यो ।

उनकी बहिनी मधुर भुषणका अनुसार मुधबालालाई दिलिप कुमार मात्रै हैन किशोर कुमारले पनि धोका दिएका थिए । दिलीप कुमार र उनको सम्बन्ध बिआर चोपडाको फिल्म ‘नया दौर’ को कारण टुटेको थियो । त्यो पनि मधुबालाको बुबाको जिद्दीको कारण ।

फिल्मको केही हिस्सा सुटिङ गरेपछि निर्माताले थप सुटिङका लागि ग्वालियर पठाउन खोजेका थिए । ग्वालियरमा डाका लाग्ने भएकाले मधुबालाको बुबा अताउल्लाह खानले लोकेसन परिवर्तन गर्न निर्मातालाई आग्रह गरे । तर, निर्माताले मानेनन् । अन्तिममा मधुबालाले आफुले लिएको पारिश्रमिक फिर्ता गरिन् ।

त्यतिवेला दिलिप कुमार र मधुबालाको ईंगेजमेन्ट भईसकेको थियो । सुटिङकै विषयमा मधुबालासंग कुरा गर्न निर्माता चोपडाले दिलिप कुमारलाई पठाए । दिलिपकुमारले तत्कालै विवाह गरेर सुटिङमा जाने प्रस्ताव राखे । मधुबालाले विवाह गर्ने हो भने दिलिपकुमारले आफ्नो बुबासँग माफी माग्नु पर्ने प्रस्ताव राखिन् । तर, दिलिपले माफी मागेनन् र उनीहरुको विवाह भाँडियो ।

यत्तिकैमा मधुबाला बिरामी भईन् । उनलाई उपचारका लागि बुवाले लण्डन लाने तयारी गरेका थिए । सोही समयमा किशोर कुमारले मधुवालालाई प्रेम प्रस्ताव राखे । मधुबालाको बुबाको चाहना थियो, उपचारपछि मात्रै विवाह गरिदिने । तर, दिलिप कुमारसँगको बिछोडको पिडा भुल्न मधुबालाले किशोरकुमारको प्रस्ताव तत्कालै स्वीकार गरिन् । किशोरकुमारले मधुबालासँग विवाह गर्नकै लागि इस्लाम धर्म कबुल गरेका थिए । उनले आफ्नो नाम अब्दुल करीम राखेका थिए । विवाह गर्दा उनी २७ वर्षकी थिइन् ।

उपचारपछि डाक्टरले भनेका थिए, उनको आयु धेरै छैन । उपचार गरेर भारत फर्केपछि किशोरकुमारले मुम्बईको कार्टर रोडमा घर किनेर मधुबालालाई एउटा नर्स र ड्राइभर सहित राखे । तर, किशोरकुमार चार महिनासम्म भेट्न आउदैनथे । यो विचमा उनले मधुबालाको फोन समेत उठाउन छाडे । उनी फेरि दिलिपकुमारकै यादमा हराउन थालिन् । कुनै समय बलिउडको ‘हट प्रर्पटी’ मानिने मधुबालाको ३६ वर्षको उमेरमा दुखद निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment