Comments Add Comment

भक्तपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

७ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, आरुबारीमा मिनी ट्रकले ठक्कर दिँदा १९ महिने बालकको ज्यान गएको छ ।

स्थानीय देवी इटाभट्टामा काम गर्ने रोल्पाको ह्याङ्ग–८ घर भएका देवेन्द्र बुढा मगरका १९ महिने छोरा सबिन बुढा मगरको ज्यान गएको हो ।

प्रहरीका अनुसार देवी इटा भट्टामा बा २ ख १३७८ नम्बरको ट्रकमा माटो लोड गर्ने क्रममा गाडी सार्दा शिशुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका शिशुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डिएसपी कृष्ण प्रसाईंले बताए ।

ट्रक र चालक काभ्रे धुलिखेल–११, पात्ले खेलका २६ वर्षीय गोकुल भुजेल महानगरीय प्रहरी वृत, जगातीको नियन्त्रणमा छन् ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment