Comments Add Comment

प्रधानमन्त्री ओलीले भने – ६४ सदस्यीय मन्त्रिपरिषद बन्दैन

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा नै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको दहचोकस्थित कालु पाँडे समाधिस्थलमा पुगेका उनले भोलि पर्सिमा मन्त्रिपरिषद विस्तार हुने बताए ।

मन्त्रिपरिषदको आकार कत्रो हुन्छ भन्ने पत्रकारको प्रश्नमा एमाले अध्यक्षसमेत रहेका ओलीले ठट्यौली शैलीमा भने ‘कम्तीमा ६४ जनाको बन्दैन ।’

यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा ठूलो ६४ सदस्यीय बनेको थियो ।

बुधबार कालुपाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा संबोधन गर्दै ओलीले गढीहरुको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने बताए ।

बुधबार काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित इन्द्रदह महोत्सवको उदघाटन गर्दै ओलीले मुलुकको समग्र विकासमा मात्रै आफू केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले स्थानीय जनताको उत्साहपूर्ण सहभागिताबाट मात्रै मुलुकमा विकास, निर्माणको कामले तीव्रता पाउने पनि स्मरण गराए । उनले ऐतिहासिक महत्वको इन्द्रदहमा वीर कालु पाण्डेको पूर्णकदको शालिक स्थापना गर्ने घोषणा पनि गरे ।

वीर कालु पाण्डेको समाधिस्थलको अवलोकनले आफूलाई मातृभूमिप्रतिको स्नेहको भाव जगाएको ओलीको प्रतिक्रिया थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment