Comments Add Comment

अब ‘सचिन तन्डुकार’ भन्नु पर्दैन, सन्दिप आएः हरिवंश

सानिमा बैंकले सन्दिप लामिछानेलाई मासिक ४० हजार दिने

१० फागुन, काठमाडौं । ‘पहिला पहिला हामीले सचिन तेन्दुलकर नेपाली नि । नेवार हो रे ? भन्थ्यौं कहाँ हुन्छ ? भन्दा तन्डुकार ! पहिले सचिन तन्डुकार, अहिले इण्डियामा गएर तेन्दुलकर भयो । वास्तवमा नेवार हो भनेर अरु देशका मान्छेसँग दाबी गर्थ्याैं ।’

‘आज हामीले त्यस्तो दाबी गर्नु पर्दैन । सन्दिप लामिछाने हाम्रो नेपाल हो भन्ने दिन आयो’

यो बिहीबार क्रिकेटर सन्दिप लामिछानेको सम्मानमा आयोजित कार्यक्रममा चर्चित कलाकार हरिबंश आचार्यले क्रिकेटरहरुको प्रशंसामा खर्चिएका शब्द हुन् ।

सानिमा बैंको कार्यक्रममा उद्घोषकले भूलवश मदनकृष्ण आचार्य भनेर सम्बोधन गरेका थिए । हास्यकलाकार हरिवंशले त्यसलाई थप रोचक बनाए ।

हरिवंश श्रेष्ठ भन्दा आफू गर्व लाग्ने गरेको भन्दै उनले एक समय मदनकृष्ण श्रेष्ठ र आफूले जात साट्ने कुरा गरेको सुनाए । ‘आचार्य मदनलाई लिने र श्रेष्ठ मैले लिने ताकि सद्भाव बढोस् भन्ने सोचेका थियौं’ उनले भने ।

राजनीतिक नेतृत्व फितलो भएपछि पारस खड्काले नेपाली क्रिकेटलाई राम्रो नेतृत्व दिएको भन्दै उनले मञ्चमा रहेका राष्ट्रिय टोलीका कप्तानको प्रशंसा गरे ।

कार्यक्रममा कप्तान पारसले सन्दिप आईपीएलमा आवद्ध हुनु ऐतिहासिक क्षण भएको बताए ।

जितपछि पाउने सम्मान राम्रो भएपनि यसलाई संस्थागत गर्न सक्नु पर्ने उनले बताए । यू-१९ खेलेर आएपछि आफूमा अष्ट्रेलिया वा बेलायततिर जाने सोच बनाएको स्मरण गर्दै उनले भने, ‘अहिले जुनियर साथीहरुले कर्पोरेट हाउसहरुले साथ दिँदा हामीलाई कसैले हेरिरहेको छ भन्ने लाग्छ ।’

अबको ५/१० वर्षमा नेपाल टेष्ट नेशन बन्न सक्ने तर, आजैदेखि काम गर्नु पर्ने बताए । उनले अघि भने, ‘सक्दो प्रयास गर्छौं । इमान्दार भएर यहाँसम्म आएका छौं र आगामी दिनमा आफ्नो देशलाई माथि पुर्‍याउन कोसिस गर्छौं ।’

विश्वकप खेलेर आउँदा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य स्वागतका लागि विमानस्थल पुगेको स्मरण गर्दै उनले यसले टिमलाई थप हौसला मिल्ने बताए ।

सन्दिपले भर्खर अन्तराष्ट्रिय करियर सुरु गर्दा पाएको सानिमा बैंकको साथले हौसला मिलेको स्मरण गरे ।

कार्यक्रममा बैंकले सन्दिपलाई मासिक रुपमा दिइने रकम दोब्बर पार्ने घोषणा गरेको छ । अब सन्दिपले २ वर्षसम्म मासिक ४० हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment