Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्रीको लभलेटर ! कांग्रेसको एकतर्फी प्रेम !

१० फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदा प्रदेशसभा बैठकमा ‘एकतर्फी प्रेम’ ले निकै स्थान पायो ।

सत्तारुढ राजपा र विपक्षी कांग्रेससँगै मुख्यमन्त्री पनि ‘एकतर्फी प्रेम’को बहसमा संलग्न भए ।

प्रतिनिधिसभा चुनावमा तालमेलको प्रयास असफल भएपछि कांग्रेसले एकतर्फीरुपमा राजपा नेता महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्‍यो, जसलाई मधेसी गठनबन्धनप्रति कांग्रेसको एकतर्फी प्रेम भनिएको छ ।

प्रदेशसभाको बैठकमा सम्बोधनका गर्ने क्रममा कांग्रेस ससंदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने तर, एकतर्फी प्रेम गर्ने बताए । उनले यसो भन्दा सांसदहरुले ढ्यापढ्याप गरेका थिए ।

त्यसपछि सम्बोधन गरेका राजपा महासचिव समेत रहेका सांसद मनिष सुमनले हिन्दीमा सायरी सुनाउँदै काँग्रेसलाई जवाफ दिए । उनले भनेका थिए, ‘एकतर्फी प्रेमलाई बेवफा (धोका) दिँदनौं । हामी वेवफा गर्न जान्दैनौं ।’

अघि भने, ‘प्रदेश बनाउनु छ, मिलेर बनाऔं । एकतर्फी किन ? दुईतर्फी माया दिन तयार छौं ।’

भोजपुरी भाषामा सम्बोधन गर्दै फोरमका संसद प्रहृलाद गिरीले एकतर्फी प्रेममा पुनर्विचार गर्न आग्रह गरे ।

अन्तिममा पालो आयो मुख्यमन्त्री राउतको । उनले मुस्कुराउँदै भने, ‘लभ लेटर हिजै दिएको हो । उहाँहरुले कसरी बुझनुभयो तर, एकतर्फी भएपनि लभ पाइयो ।’

उनले सरकारले असहज नहुने गरी आफ्ना कुरा राख्न कांग्रेसलाई आग्रह गरेका छन् । साथै प्रदेश विकासको लागि कुनै क्रसर बाँकी नछोड्ने राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment