Comments Add Comment

यस्ता हुनेछन् सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स


ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता सामसुङले आफ्ना आसन्न दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने यसअघि नै प्रष्ट पारिसकेको छ ।

ग्यालेक्सी एस नाइन प्लसमा एन नाइनमा भन्दा ठूलो स्क्रिन रहने बताइएको छ ।

आगामी फेब्रुअरी २५ बाट सुरु हुने मोबाइल वल्र्ड कंग्रेसका अवसरमा सामसुङले यी दुई स्मार्टफोन सार्वजनिक गर्ने र मार्च महिनादेखि बजारमा पठाउन सक्ने अनुमान गरिएको छ ।

यी स्मार्टफोन ग्यालेक्सी एस एट भन्दा महंगो हुने बताइएको छ ।

स्मार्टफोनको लुक्स ग्यालेक्सी एस एटसँगै मिल्दोजुल्दो हुनेछ । यसमा १८ः५ः९ एस्पेक्ट रेसियोवाला पातलो भेजन स्क्रिन रहनेछ ।

पछाठिपट्टि फिंगरप्रिन्ट सेन्सर किनाराको साटो क्यामराको तल बीच भागमा रहनेछ । एस नाईन स्मार्टफोनमा ५.८ इन्चको क्यूएचडी प्ल्स एमोलेड स्क्रिन रहनेछ । नाइन प्लसमा ६.२ इन्चको स्क्रिन हुनेछ ।

सामसुङले आफ्ना आगामी दुई स्मार्टफोनमा अहिलेसम्मकै उत्कृष्ट प्रोसेसर राख्नेछ । स्मार्टफोनमा क्वालकोम स्नेपड्रागन ८४५ का साथै कतिपयमा सामसुङकै एक्जीनोस ९८१९ प्रोसेसर हुनेछ ।

एन नाइनमा ४ जिबी र एस नाइन प्लसमा ६ जिबीको र्याम हुने बताइएको छ । दुबै स्मार्टफोनमा ६४ जिबी तथा १२८ जिबीको इन्टर्नल स्टोरेज रहनेछ ।

समाचार अनुसार सामसुङले आफ्ना यी नयाँ स्मार्टफोनमा आइफोन एक्सका जस्तै केही फिचर पनि राख्ने बताइएको छ । जसमा थ्री डी इमोजी, फेस अनलक सेक्योरिटी फिचर तथा फ्रन्ट फेसिंग स्टिरियो स्पिकर्स रहनेछन् ।

स्मार्टफोनमा १२ मेगापिक्सेलको मूख्य क्यामरा रहनेछ जसमा सुपर स्लो मोसनको फिचर पनि रहनेछ ।

ग्यालेक्सी एस नाईन प्लसमा डुअल क्यामरा हुनसक्ने बताइएको छ । जसमा दोश्रो क्यामरा १२ मेगापिक्सेल सेन्सरका साथमा फिक्स अपर्चरवाला हुनेछ । साथै ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । जसमा सेल्फीका लागि केही नविनतम फिचर्स पनि रहनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment