Comments Add Comment

कांग्रेसले देशलाई कङ्गाल बनाएर सत्ता छोड्योः नेता गुरुङ

११ फागुन, भक्तपुर । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर कांग्रेसले सत्ता छोडेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि पराजय भोगेको कामचलाउ सरकारले दूरगामी असर पार्ने निर्णय गरेर देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाएका हुन् ।

उनले यो समयमा बिगतमा पाँच अरब भन्दा बढी रकम जम्मा हुने गरेको भएपनि हाल एक अरब रकम घाटामा भएको उल्लेख गरेका छन् ।

यस्तै अर्काे फरक प्रसंगमा गुरुङले आइतवारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने उनको भनाइ छ ।

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उनले बताए । दलहरुबीच निषेधकोे राजनीतिले तीब्रता पाएको भन्दै उनले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्षप्रतिपक्ष नभएर बामगठबन्धन र कांग्रेस एक ठाउँमा उभिनु पर्ने बताए ।

सरकारमा मधेसवादी दलसमेत समाबेश हुने वातावरण तयार भइरहेको भन्दै नेता गुरुङले जनअपेक्षा र समयको माग अनुसार संबिधान संसोधन समेत गनर्ं सकिने बताए ।

नेपालमा बैदेशिक हस्तक्षेप प्रत्यक्ष नभइ आर्थिक हिसाबले तीब्र बढिरहेको प्रति संकेत गर्दै उनले विदेशीले सरकारका हरेक निर्णय र नीतिहरु आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आइरहेकोले अबको सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।

देश संघीयतामा प्रवेश गरिसेको र प्रान्तको आर्थिक भार धान्न अप्ठेरो अवस्था देखिएको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment