Comments Add Comment

इजरायलबाट मन्त्री पण्डितलाई पत्रः काठमाडौंको लाजको घुम्टो उघार्दिनुस्

माननीय मन्त्री लालबाबु ज्यू, सर्वप्रथम त जनसंख्या तथा वातावरणमन्त्री बन्नू भएकोमा ढिलै भएपनि यहाँलाई बधाई छ । सांसद निर्वाचित भइसकेपछि तपाईंले मौका पाएमा गृह, अर्थ, शिक्षा जस्ता महत्वपूर्ण भनिने मन्त्रालय सम्हाल्ने इच्छा व्यक्त गर्नुभएको थियो । तपाईंलाई धेरैले गृहमन्त्री/अर्थमन्त्रीको रुपमा हेर्न चाहेका थिए तर तपाईं कसैले पनि नसोचेको जनसंख्या तथा वातावरण मन्त्री भएपछि धेरैले तपाईंलाई दिइएको मन्त्रालयप्रति असन्तुस्टि जनाए । केहीले तपाईंलाई काम नलाग्ने मन्त्रालयमा लगेर थन्काइदिएको भन्दै प्रधानमन्त्री केपी ओलीको आलोचना समेत गरे ।

तर, पंक्तिकारलाई भने तपाईंलाई प्रधानमन्त्री केपी ओलीले अवमूल्यन गरेको र कतै कुनामा लगेर थन्काइदिएको नभई तपाईंको अद्भुत क्षमता देखेर वातावरण मन्त्रीको रुपमा फराकिलो मैदान दिएको झैं लाग्छ ।

नेपालको शान,इज्जत,करोडौं जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र समृद्ध नेपालको आधार स्वच्छ वातावरण र सफा-सुग्घर देश हो । यसको लागि काम गर्ने मन्त्रालय र त्यसको नेतृत्व गर्ने मन्त्री बनाउनु कसरी तपाईंलाई अवमूल्यन गरेको ठहर्छ र ?

लालबाबाबु ज्यू,मन्त्री भइसकेपछि तपाईंले जुन सुझबुझ देखाउनु भयो, तपाईं जसरी तपाईंले प्रतिकृयाहरु दिइराख्नु भएको छ, त्यो साच्चिकै सम्मान योग्य छ । तपाईंको मनभित्र अर्थ,गृह जस्ता मन्त्री हुने चाहना हुँदाहुदै पनि वातावरण मन्त्री बनाइएकोमा अस्न्तष्टि प्रकट गर्नु भएन । बतपाईंले त झन् वातावरण मन्त्रालय बेकामे मन्त्रालय भन्नेहरुलाई यसले के काम गर्नसक्छ र आफूले कसरी काम गर्ने भनेर दिइराख्नु भएको तपाईंको अभिव्यक्तिपछि एकाएक वातावरण मन्त्रालय त सेलिब्रेटी मन्त्रालयमा गनिन थालिसक्यो । जनताले यो मन्त्रालय प्रति चासो र जानकारी लिन थालेका छन् ।

जसरी मरुभूमिमा उमि्रएको एक्लो विरुवाले सिङ्गो मरूभूमिलाई सितल पार्न सक्दैन त्यसैगरी सफासुग्घर र स्वच्छ वातावरण बिना समृद्ध देशको कल्पना समेत गर्न सकिदैन ।

काठमाडौं बद्नामीको घेराभित्र

यतिबेला देशको राजधानी काठमाडौं सबैभन्दा धेरै प्रदुषित शहर हो । नेपालभित्र मात्रै होइन काठमाडौं विश्वमै प्रदुषित शहरको सूचीमा परेको छ । जसले गर्दा काठमाडौंको मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा सिंगो देशको छवि धमिलिइसक्यो ।

मन्त्री लालबाबु ज्यू, देशको राजधानीले सिंगै देशको प्रतिनिधित्व गर्छ । राजधानी व्यबस्थित भएमा यसले सिंगै देशको छवि उज्यालो पार्न मदत गर्छ भने राजधानी नै भऽगोल छ भने यसले देशकै इज्जत र प्रतिष्ठामा आँच पुर्‍याउँछ ।

काठमाडौं एउटा राजधानी मात्रै नभएर यो ऐतिहासिक कला,सम्पदा, मन्दिर र गुम्बाहरुको शहर हो । सुन्दर राजधानी यतिबेला आˆनो कुरुप रुप छुपाउन लाजको घुम्टो ओडेर बसेकी छिन् । काठमाडौंलाई सुन्दर बनाएर लाजको घुम्टो उघार्ने जिम्मा तपाईंको काँधमा आइपरेको छ ।
नेपालमा भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै छ । हवाई मार्गवाट नेपाल घुम्न आउने पर्यटकहरुलाई काठमाडौं नआई सुखै छैन । काठमाडौंको लथालिंग, फोहोर, प्रदुषण देखेर नाक नखुम्चाउने पर्यटकै नै हुँदैनन् ।

काठमाडौं आश्चार्यजनक शहर पनि हो । यसले धेरै विविधता बोकेको छ । राजधानीको मुटुमा धेरै नदीनाला बग्छन्,यहाँबाट प्रस्ट हिमाल देखिन्छ । कला/सम्पदाको खानी नै हो राजधानी । यहाँको अनुकुल हावापानी विश्वमै उत्कृष्ट छ ।

काठमाडौंलाई चारैतिरबाट अग्ला डाँडाकाँडाले घेरेर सिंगारेका छन् । जसरी फ्रान्सको राजधानी पेरीस,इटालीको,रोम,बेलायतको लण्डन मात्रै घुम्न वर्षेनी करोडौं पर्यटकहरु जान्छन्,काठमाडौंलाई मात्रै सुधार्न र स्वच्छ हावा काठमाडौंमा फैलाउन सकियो भने नेपालमा पर्यटकहरुको ओइरो लाग्छ । काठमाडौंमा भव्य र आधुनिक संरचनाहरु देखाएर पर्यटकलाई लोभ्याउनु जरुरी नै छैन । युरोप,अमेरिका,खाडी मुलुकबाट यहाँको अनुकुल हावापानीको मज्जा लिन लाखौं पर्यटकहरु भित्रिन्छन् । अझ, पशुपतिनाथ, स्वयम्भु लगायत मन्दिर र गुम्बा दर्शनको लागि आउने धार्मिक पर्यटन अलग्गै छ ।

उपत्यकाका इँटा भट्टा

काठमाडौंको हावा दूषित बनाउँन मुख्य भूमिका काठमाडौं उपत्यका भित्रका इँटा भट्टाहरुले खेलेका छन् । यस्ता इँटा भट्टाहरु लगभग सबै मापदण्डविपरीत पहुँच र पैसाको भरमा नियम कानूनको धज्जी उडाउँदै खोलिएका छन् । यस्ता इँटा भट्टाहरुले जनताको स्वच्छ सास फेर्न पाउँने अधिकारमा लात हानेको मात्र छैन, त्यहाँबाट निस्कने धुवाँले क्यान्सर, टिबी, आँखा, घाटी र स्वासप्रश्वासका बिरामीहरु बढाइरहेको छ । त्यस्तै उब्जनी हुने मलिलो माटोको दोहन गरेको छ भने बालश्रमको अत्याधिक प्रयोग र श्रम शोषण समेत गरिएको पाइएको छ ।

मन्त्रीज्यू,स्वच्छ सफा काठमाडैं तपाईंको लक्ष्य हो भने तत्कालै यस्ता जनतामारा र जनताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने इँटाभट्टाहरु तुरुन्त बन्द गर्न कदम चाल्नुस् ।

मन्त्रीज्यू, नेपाली राजनीतिमा गुमनाम झैं रहनुभएका तपाईं सामान्य प्रसाशन मन्त्री भइसकेपछि गर्नुभएको कामले एकाएक राष्ट्रिय हिरो भएर निस्कनु भयो । त्यस्तै वातावरण मन्त्रीको रुपमा तपाईंले गर्ने कामले तपाईंलाई युगौं युगसम्म सम्भिmरहने नेताको रुपमा स्थापित गराओस् भन्ने हामी आम जनताको चाहना हो ।

नेपाली राजनीतिमा सम्भवतः तपाईं मात्रै एउटा यस्तो पात्र हुनुहुन्छ जसलाई एमाले पार्टीका कार्यकर्ताले मात्र होइन, अरु पार्टीकाले पनि सम्मान गर्छन् र तपाईंबाट आशा-भरोसा राखेका छन् ।

अन्त्यमा, मन्त्रीज्यू,सफा,सुग्घर, हराभरा काठमाडौं र सिंगो देश सफा-सुग्घर हेरिरहूँ र बसिरहुँ लाग्ने बनाउन तपाईंलाई सफलता मिलोस् शुभकामना छ ।

(हाल इजरायल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment