+
+
Shares

धरानमा सडक किनारमा फूल रोपिदै

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते १८:०९

१३ फागुन, इटहरी । धरान उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक किनारमा फूल रोप्न सुरु गरेको छ ।

धरानको भानुचोकदेखि छाताचोकसम्म सडकको दुवै किनारमा फूल रोप्न सुरु गरेको मेयर तारा सुब्बाले बताए ।

उपमहानगरपालिकाले धरानलाई फूलबारीको शहरको रुपमा विकास गर्ने नीति नै बनाएको भन्दै उनले नगरबासीलाई घर अगाडिको सडकमा फूल रोप्न आग्रह गरे ।

२ महिनाभित्रमा फूल रोपेर सक्ने धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।

पहिलो चरणमा धरान बजार क्षेत्रका ९ सय ७० मिटर सडकका दुवै किनारमा फूल रोपिने छ । उपमहानगरपालिकाले फूल रोप्न स्टिलको रेलिङसहितको स्टेन प्रयोग गरेको छ ।

धरान उपमहानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले रेलिङ र फूल रोप्ने कार्यका लागि ४६ लाख ७० हजार रुपैयाँको स्टिमेट आएको र थि्रडी नक्सासहित कार्यक्रम अगाडि बढिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?