Comments Add Comment

पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता


१३ फागुन, पोखरा । पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो ।

पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा प्रदेश १ र ४ का महिला खेलाडीबीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष निलकण्ठ तिम्सिनाले जानकारी दिए । प्रतियोगिता बेष्ट अफ थ्री का आधारमा हुने उनले बताए ।

पत्रकार सम्मेलनमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अभ्यासका लागि मैदान उपलब्ध गराउन नसके पनि प्रतियोगिताका लागि सबै सहयोग गर्ने बताए ।

उनले नेपाली राष्ट्रिय क्रिकेट टिमले बल्ल विश्वकप छनोट खेलिरहेका बेला दृष्टिविहीन नेपाली टिमले विश्वकप नै खेल्न पाउनु गर्वको विषय भएको बताए ।

दृष्टिविहीन अधिवक्ता श्रीकान्त सापकोटाले खेलकुदको शहर पोखरामा क्रिकेट खेलाडीहरुलाई मैदानको अभाव हुँदा त्यसको असर खेलमा परेको गुनासो गर्दै त्यसतर्फ ध्यान दिन क्रिकेट संघलाई आग्रह गरे ।

पत्रकार सम्मेलनमा प्रदेश ४ का खेलाडीलाई प्रभु बै‌ंकले जर्सी हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment