+
+

पावर बैंक किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते ८:४८

लामो यात्रामा जाँदा मात्र होइन, हिजोआज अफिस जाँदा पनि पावर बैंक साथमा राख्नुपर्छ । किनकि धेरै फोन चलाउँदा जतिखेर पनि ब्याट्री सकिन सक्छ । एन्ड्रोइड फोनमा केही यस्ता एपहरु पनि हुन्छ जसलाई चलाउँदा ब्याट्री तत्कालै सकिन्छ । त्यसैले पावर बैंक जतिखेर पनि आवश्यक पर्छ । पावर बैंक किन्दा ब्याट्रीको क्षमता, साइज र रङ हेरेर मात्र नकिन्नुहोला त्यसबाहेक अन्य कुराहरुलाई पनि ध्यानमा राख्नुपर्छ ।

२.५ गुणा बढी क्षमताको पावर बैंक

पावर बैंक खरिद गर्दा आफ्नो स्मार्टफोनको ब्याट्रीभन्दा साढे २ गुणा बढी क्षमताको उपयुक्त हुन्छ । यसले फोन चाँडै चार्ज हुन्छ । यसले पावर बैंकको ब्याट्रीको आयु पनि बढ्छ र तपाईंले स्मार्टफोन एकभन्दा धेरै पटक चार्ज गरिरहन पनि सक्नुहुन्छ । त्यसैले पावर बैंक खरिद गर्दा तपाईंको स्मार्टफोनको ब्याट्री कति एमएएचको हो ख्याल गर्नुपर्छ ।

युएसबी चार्जिङ सिस्टम भएको

ब्याट्रीको क्षमतासँगै पावर बैंक खरिद गर्दा युएसबी चार्जिङ छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ । किनभने बजारमा उपलब्ध पुराना पावर बैंकहरु युएसबी केबलमार्फत मात्र काम गर्न सक्छन् । यस्तो हुँदा स्मार्ट फोन चार्ज गर्दा धेरै समस्या पर्न सक्छ । त्यसैले यस्ता केवलवाला पावर बैंकले काम नदिन सक्छ ।

धेरै डिभाइस भएको पावर बैंक

आजकल कामकाजी मान्छेहरुसँग एक भन्दा बढी स्मार्टफोन हुनु समान्य हो । उनीहरु चाहन्छन् कि चार्जिङको समस्याले आफ्नो फोन बन्द नहोस् । यसका लागि छुट्टै पावर बैंक किन्नुभन्दा धेरै डिभाइस भएको पावर बैंक किन्दा काम लिन सकिन्छ ।

आउटपुट भोल्टेज

पावर बैंक किन्दा यसको आउटपुट भोल्टेजबारे पनि विचार गर्नुपर्छ । तपाईंको पावर बैंकको भोल्टेज र स्मार्टफोनको भोल्टेज बराबर छैन भने फोन चार्ज हुँदैन । त्यसैले स्मार्टफोनको आउटपुट भोल्टेज बराबरको आउटपुट भोल्टेज भएको पावर बैंक खोज्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?