+
+

द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १८:३२

४ जेठ, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ ।

प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये शुक्रबार काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो ।

अर्कोतर्फको सुरुङमार्गको छिट्टै ‘ब्रेक थ्रु’ हुने नेपाली सेनाले जनाएको छ ।

यो सुरुङमार्गको लम्बाई १,६३३ मिटर रहेको छ । आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?