Comments Add Comment

६ बर्षदेखि जंगलमा छन् ‘एक था टाइगर’का कलाकार

बलिउडको चमकदमकमा सबैको जीवन रंगीन हुन्छ भन्ने छैन । जस्तो कि, अरहान चौधरी । ‘एक था टाइगर’, ‘सिंग इज ब्लिंग’ र ‘खतरों के खिलाडी’ जस्ता फिल्ममा खेलेका छन् । ‘मिस्टर इन्डिया’का शीर्ष उपाधि जितेका छन् । तर, अहिले उनी जीवन धान्नका लागि ट्रक चलाउँछन् ।

पछिल्लो ६ बर्षदेखि उनी जंगलमा बसिरहेका छन्, गोवा नजिकै । उनले भनेका छन्, ‘जब पैसा सकिन्छ, शहरतिर आउँछु । पैसा कमाउँछु । र, फेरी जंगलतिर र्फकन्छु ।’

उनले के पनि खुलासा गरेका छन् भने, पछिल्लो समय उनको हालत खराब छ । यसबीचमा उनले केहि अवैंधानिक काम पनि गरेका छन् । ‘मैले आफ्नो एउटा जीवन समाप्त गरेर, अर्को जीवन सुरु गरेको छु’ उनले भनेका छन्, ‘शहरबाट टाढा रहेर राम्रो जीवन व्यतित गर्ने प्रयासमा छु ।’

जब खल्ती रित्तिन्छ, उनी ट्रक चलाउन थाल्छन् । साथसाथै भोजमा डिजेइङ पनि गर्छन् ।

मिस्टर इन्डियाको उपाधी जितेपछि उनले प्रशस्तै पैसा कमाए थिए । तर, पछि उनी रित्तिदै गए । अहिले भने दुखजिलो गरेर आफ्नो भरथेग गर्दै आएका छन् । उनी ट्रक चलाउँछन्, डिजेइङ गर्छन्, फिटनेस ट्रेनिङ दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment