Comments Add Comment

ब्रूनाको टपलेस फोटोले सोशल मिडियामा किन हंगामा ?

सेक्स कमेडी फिल्म ‘मस्तीजादे’मा आफ्नो कामुक भावभंगीसाथ पेश भएकी अभिनेत्री/ब्रूना अब्दुल्ला भर्चुअल संसारमा निकै छाएकी छिन् । फिल्ममा त उनी खासै देखिदैनन्, तर सोशल मिडयामा भने उनी निकै पि्रय छिन् । सोशल मिडियामा उनको फ्यान फ्लोइङ लोभलाग्दो छ । यसो हुनुमा पनि खास कारण छ । अक्सर उनी हट र सेक्सी हाउभाउमा सोशल प्लेटर्फममा सनसनी मच्याइरहेकी हुन्छिन् ।

ब्रुना अब्दुल्लाका त्यस्ता फोटो सायदै होलान्, जसले हलचल पैदा गर्दैन । यसपटक पनि उनले त्यही सिलसिलालाई निरन्तरता दिएकी छिन् ।

चर्चित फोटोग्राफर राहुल झांगियानीले पछिल्लो पटक बू्रनाको एकदमै हट तस्वीर सार्वजनिक गरेका छन् । तस्विरमा ब्रूना केवल जिन्स हाप पाइन्टमा देखिएकी छिन् । उनले माथिल्लो भागमा केहि लगाएकी छैनन् । हत्केलाले वक्षस्थल छोपेकी छन् । ब्रूनाको यो टपलेस फोटोले सोशल मिडियामा हंगामा मच्याएको छ ।

हुन त बू्रना मूलधारकी नायिकामा गनिदैनन् । यद्यपी ‘देशी ब्वाइज’मा उनको आइटम नम्बर ‘तू मेरा हीरो’, ग्रान्ड मस्ती, आइ हेट लभ स्टोरी जस्ता फिल्ममा कामुक प्रस्तुती निकै रुचाइयो । ब्रूना सलमान खानको फिल्म ‘जय हो’मा पनि देखिएकी थिइन् । ब्राजिलियन मोडलबाट बलिउड अभिनेत्री बनेकी ब्रू्रनाको हटनेसले कुनैपनि हट अभिनेत्रीलाई माथ दिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment