Comments Add Comment

प्रविधिमैत्री बन्दै चिसंखुगढी गाउँपालिका

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु

१४ फागुन, ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेकेा छ ।

गाउँपालिकाले माध्यमिक तहका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी जडान गरेको हो ।

पहिलो चरणमा ८ वडा वडा कार्यालय ७ वटा स्वास्थ्य संस्था र ७ वटा माध्यमिक स्तरका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान सुरु गरेको गाउँपालिकाका प्रवक्ता उषक कट्वालले जानकारी दिए ।

उनका अनुसार वडा नं. १ र २ का कार्यालयहरुमा जडान गरेर सुरु गरिएको छ भने अन्य कार्यालयहरुमा धमाधम जडान भइरहेको छ ।

विद्युतीय हाजिरीले कर्मचारीलाई समयमा उपस्थित हुन र नियमित रुपमा कार्यालयमा बस्ने वातावरण तयार गर्ने अपेक्षा लिइएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए ।

सुशासनको अवस्था सुधार गर्न र सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले गाउँ कार्यपालिकाले निर्णय नै गरेर सबै कार्यालयहरुमा विद्युतीय हाजिरी जडान गर्ने निर्णय यस अघि नै गरेको थियो ।

सामुदायिक विद्यालयहरुमा शिक्षकहरु समयमा उपस्थित नहुने र भए पनि कक्षा नियमित सञ्चालन नगर्ने परिपाटीका कारण शैक्षिकस्तर खस्किएको गुनासो बढ्दै गएपछि विद्यालयलाई केन्दि्रत गरेर विद्युतीय हाजिरीको पद्धति विकास गरिएको गाउँपालिकाले जनाएको छ ।

चिसंखुगढी गाउँपालिका सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गर्ने ओखलढुंगाको पहिलो स्थानीय तह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment