+
+

सिटी एक्सप्रेस र बैंक अल बिलाद एन्जाजबीच रेमिटान्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते १७:३८

१४ फागुन, काठमाडौं । साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।

एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु बाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् ।

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फ बाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अहृमेद अल एनाजिले हस्ताक्षर गरेका थिए ।

उक्त समारोहमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकका उच्च अधिकारीहरु र प्रमुखहरुको उपस्थिति थियो । अल बिलाद बैकंले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरु मा सिटी एक्सप्रेससँग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ५५००भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?