Comments Add Comment

मन्त्री यादवले पदभार सम्हालेपछि पहिलो फाइलमा हस्ताक्षर गरेनन्

१४ फागुन, काठमाडौं । पहिलो कार्यकालमा एलडीओलाई ट्वाइलेटमा थुनेर उनी चर्चामा आएका माओवादी नेता मातृका यादव मन्त्री बनेका छन् ।

यादवले केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्री यादवले सोमबार पदभार सम्हाले ।

मन्त्रीले पदभार ग्रहण गर्दा कुनै एउटा निर्णय गर्ने परम्परा छ । तर, यादवले यसलाई तोडेका छन् । उनले ‘नपढीकन कुनै फाइलमा सही गर्दिन’  भन्दै फर्काएका छन् ।

पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यादवले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने बताए । तर, अनुशासन तोडेर गढबड गर्नेका लागि आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने बताए ।

उनले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताए । “भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु, उनले भने ।

उनले अघि भने, “अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ ।’

कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराउँदै एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment