Comments Add Comment

बलिउडका यी अभिनेत्री, कसैको भोकले त कसैको गरिबीले मृत्यु

बलिउड अभिनेत्री श्रीदेवीको अप्रत्यासित मृत्युको खबरले सनसनी मच्याएको छ । मृत्यु असामान्य ढंगले भएको थियो । भनिन्थ्यो, साइलेन्ट हार्ट अट्याक्टको कारण उनको मृत्यु भयो ।

तर, अहिले घटनामा ट्वीस्ट आएको छ । उनको मृत्यु ‘शंकास्पद’ रहेको समेत बताइन्छ । पोस्टमार्टम रिपोर्टमा उनले अल्कोहन सेवन गरेको भेटियो । मदिरा सेवन गरेर बाथरुम छिरेकी उनी बाथटपमा डुबिरहेको अवस्थामा भेटिएको कुरा बाहिर आएको छ । मदिराको कारण उनको मृत्यु भएको हो भन्ने कुरा पनि विश्वासयोग्य नभएको बताइन्छ । कतिले भनेका छन्, उनी सीमित मदिरा पिउथे ।

मृत्यु भएको बेला पति बोनी कपुर सोही कोठामा थिए, मदिरा सेवन गरी बाथटपमा डुबेर छटपटाउँदा उनले थाहा पाउन सक्थे ।

यसअघि उनको मृत्युको कारण बताइएको थियो, एन्टि एजिङ पिल्स र कस्मेटिक सर्जरी । तर, फरेन्सिक रिपोर्टले अर्कै तथ्य देखायो । त्यस अनुसर दुर्घटनावस डुबेको कारण उनको मृत्यु भयो ।

अहिले आएर श्रीदेवीको मृत्यु रहस्यमयी बनेको छ । कतिले त उनका पति बोनी कपुरमाथि समेत शंका गर्न थालेका छन् ।

त्यसो त श्रीदेवी एक्ली होइनन्, यस्तो मृत्युवरण गर्ने । बलिउडका थुप्रै सेलिब्रेटीको अप्रत्यासित मृत्यु भयो । र, उनीहरुको मृत्यु  रहस्यमै रह्यो ।

दिव्या भारती

९० को दशकमामा सुपरहिट बनेकी अभिनेत्री दिव्या भारतीको मृत्यु अझै रहस्यमयी छ । उनको मृत्यु पाँचौ तलामाथिबाट बजि्रएर भएको थियो । प्रहरी अनुसन्धानले त यसलाई आत्माहत्या नै भन्यो, तर यसलाई धेरैले पत्याएनन् । भने, दिव्या भारतीको हत्या भएको हो ।

जिया खान

केहि बर्षअघि जिया खानको मृत्यु भयो । उनी आफ्नै अपार्टमेन्टमा झुन्डिएकी अवस्थामा फेला परेकी थिइन् । तर, उनको आत्माहत्यालाई पनि अझै स्विाकार गरिएको छैन । आमा रयिबा खानले आदित्य पंचोलीका छोरा सूरजमाथि हत्याको आरोप लगाएकी छिन् ।

सिल्क स्मिता

विजयलक्ष्मी वडलाकपति, जो सिल्क स्मिताको नामले चिनिन्थे । उनी दक्षिण भारतिय फिल्मकी सुपरस्टार थिइन् । १९९६ मा उनले आत्माहत्या गरिन् । उनी मदिराको कुलतमा थिइन् र आर्थिक अवस्था पनि एकदमै नाजुक थियो, त्यसबेला । पछि उनकै जीवनमा आधारित फिल्म पनि बन्यो, डर्टी पिक्चर ।

परवीन बाबी

परवीन बाबीको मृत्युलाई लिएर अहिलेपनि बलिउडमा अनेकौ अड्कलबाजी गरिन्छ । उनलाई आफ्नै कोठामा मृत्त अवस्थामा फेला पारिएको थियो । त्यो पनि मृत्यु भएको लामो समयपछि । खासमा उनी प्यारानाइड स्किजोफिनियाले ग्रस्त थिए  । चिकित्सकका अनुसार उनको मृत्यु भोकको कारण भयो ।

विवेका बबाजी

भारतकी सर्वाधिक चर्चित मोडल विवेका बबाजीको मृत्यु निकै दुखद थियो । उनले आफ्नो फ्ल्याटमा फाँसी लगाएर आत्माहत्या गरेकी थिइन् । उनले आफ्नो डायरीमा केवल यति लेखेकी थिइन्, आइ किल । भनिन्छ, उनी ब्वाइफ्रेन्डका कारण पीडामा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment