+
+
Shares

राष्ट्रपति को बन्ने टुंगो लागेको छैन : एमाले उपाध्यक्ष रावल

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १५ गते १४:२९


काठमाडौं, १५ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो नलागेको बताएका छन् ।

मंगलबार रिपोर्टस क्लबको साक्षातकारमा उनले यस विषयमा पार्टीभित्र र माओवादी केन्द्रसँग पनि छलफल गरेर निर्णय गर्ने बताए ।

‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुँगो लाग्न बाँकी छ’ उनले भने ।

रावलले फागुन २५ गतेभित्रै एमाले-माओवादी केन्द्रको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैत पहिलो हप्ताभित्रै बृहत एकता घोषणा गर्ने बताएका छन् ।

‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउँछौं, त्यसपछि एकता बृहत रुपमा घोषणा गर्छौं, सम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ’ उनले भने ।

नेता रावलले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए । आइतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने दावी गरे ।

‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ,, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं’ उनले भने ‘तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होइन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?