१६ फागुन, काठमाडौं । २० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस टेनिस खेलाडी रोजर फेडेररले वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् ।
उनलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले सम्मान गरिएको हो । उनले कमव्याक अफ द इयरको उपाधि पनि पाएका छन् ।
यसैगरी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले वर्ल्ड स्पोर्टसविमेन अवार्ड जितेकी छन् ।
सेरेनाले गत वर्ष २३ औं ग्राण्डस्लाम उपाधि जितेकी थिइन् भने फेडेररले सन् २०१७ मा अस्ट्रेलियन ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।
प्रतिक्रिया 4