+
+
Shares

राजपाले सरकारलाई भन्यो : अविलम्ब संविधान संशोधनको वातावरण बनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते १६:०५

१६ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले संविधान संशोधन गर्न सरकारसँग माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी राजपाले सरकार संविधान संशोधनप्रति संवेशनशील नभएको भन्दै अबिलम्ब संविधान संशोधनको वातावरण बनाउन आग्रह गरेको हो ।

राजपाले मधेस आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी  रिहाइ लगायतका माग पूरा  गर्न पनि माग गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘मधेसी, थारु, आदिवासी जनजाति, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम, र दलित लगायतद्वारा उठाएको माग पूरा हुने गरी संविधान संशोधन तथा झुठा मुद्दा फिर्ता बन्दी रिहाई लगायतका विषयहरु अविलम्ब संशोधन हुने गरी वातावरण बनाउनका लागि इमान्दार प्रयास गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?