Comments Add Comment

गर्भवती महिलाको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव

१७ फागुन, सप्तरी । प्रसुती गराउन अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रसुती गराउन आएकी सप्तरी बिष्णुपुर गाउँपालिका-१, पर्साहीकी अनिता यादवको ज्यान गएको हो ।

गत १५ फागुनमा अस्पताल भर्ना भएकी २४ बर्षीया उनलाई बुधबार राति व्यथा शुरु भएको थियो । तर, स्वास्थ्यकर्मी र चिकित्सक नआउँदा अनिताको मृत्यु भएको उनका पति रमेशले दाबी गरे ।

अस्पतालमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. दिलिप साह कार्यरत छन् । अस्पतालमा स्टाफ नर्सहरु भएपनि रातिको समयमा भोलेन्टियरहरु मात्र बस्ने गरेको गुनासो छ ।

अस्पतालमा विरामीको मृत्यु भएपछि परिवारजन र आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । डा. साहको निजी क्लिनिकको बोर्ड अस्पताल प्रांगण लगेर जुत्ताको माला झुण्ड्याएका छन् ।

मृतका परिवार, अस्पताल प्रशासन र सुरक्षा अधिकारीहरुको बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment