+
+

विहेमा कुटेर साथीको हत्या गर्ने ५ जना जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १७ गते १२:४१

१७ फागुन, ओखलढुङ्गा । छिमेकीको विवादमा चिर्पटले हानेर साथीको हत्या गर्ने अभियुक्तहरुलाई ओखलढुंगा जिल्ला अदालतको आदेशमा कारागार पठाइएको छ ।

गएको माघ १४ गते राति छिकेकीको विवाहमा गएका मोलुङ गाउँपालिका ७ पात्लेका २० वर्षीय कुमार मगरलाई पाँच जनाको समुहले चिर्पटले हानेर हत्या गरेका थिए ।

ओखलढुंगा जिल्ला अदालतको आदेशले अभियुक्तहरु २२ वर्षीय जिग्मे शेपा, २३ वर्षीय साङ्गे शेर्पा, २२ वर्षीय पासाङ शेर्पा र २६ वर्षीय छोङ्टेण्डी शेर्पालाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

उक्त घटनामा एक जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए । घाइते हुनेहरुमा १८ वर्षीय कमल मगर, १७ वर्षीय जनक मगर, ३५ वर्षीय पदम मगर, ४८ वर्षीय मानबहादुर मगर र ३६ वर्षीय बलराम मगर रहेका छन् ।

घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार गरिएको थियो । दर्जन बढीको समुहले आक्रमण गरे पनि अनुसन्धानबाट दोषी ठहर भएकालाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?