+

सन्दिप लामिछाने भन्छन् : नाम र दामको पछाडि दौडिन्न

२०७४ फागुन  १७ गते १८:४३ २०७४ फागुन १७ गते १८:४३
सन्दिप लामिछाने भन्छन् : नाम र दामको पछाडि दौडिन्न

१७ फागुन, काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी चर्चा गरिएका नेपाली क्रिकेटर हुन् सन्दिप लामिछाने । १७ वर्षकै उमेरमा उनले लोभलाग्दो प्रसिद्धी कमाइसकेका छन् ।

यद्यपि सन्दिप स्वयम् भने नेम र फेमको पछाडि मात्र नकुद्ने बताउँछन् ।

विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका सन्दिपले भनेका छन्, ‘नेपालमा होस् वा बाहिर, म केवल विगत केही वर्षमा आफूले गरेको कठिन मिहिनेतलाई स्मरण गर्छु । नाम र दामको पछाडि दौडिन्न ।’

नामिबियामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट हुनुअघि उनले इन्डियन क्रिकेट लिगमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेर क्रिकेट जगतको ध्यानाकर्षण गरे । डिभिजन टूमा उनले सर्वाधिक १७ विकेट लिएका थिए ।

‘मैले लामो बाटो तय गर्नुछ, त्यसैले म आफूलाई सरल र शान्त राख्न चाहन्छु,’ सन्दिप आइसीसीसँग भन्छन्, ‘मैले यसलाई आफ्नो राष्ट्रलाई गौरवान्वित तुल्याउने एउटा अवसरको रुपमा मात्रै लिएको छु ।’

‘नेपालमा सबैले हाम्रो सफलताको लागि प्रार्थना गरिरहेका छन्’ अघि भने, ‘हामीले वल्र्डकपमा स्थान बनाउन कठिन छ, किनकी दुई टिमले मात्रै यो अवसर पाउनेछन् । तर, हामी हरेक दिन कठिन मिहिनेत गरिरहेका छौं । विश्व कप क्रिकेट खेल्नु हाम्रो सपना हो र यो पूरा हुने आशा छ ।’

विश्वकप छनोटठमा स्थान बनाउनु नेपालका लागि ठूलो उपलब्धि भएको उनले बताए । साथै अभ्यास खेलमा यूएईविरुद्धको जीतले नेपालको हौसला बुलन्द भएको पनि उनको भनाइ छ ।

समूह बीमा रहेको नेपालले अफगानिस्तान र जिम्बाब्वे जस्ता बलिया टिमहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

लामिछाने भन्छन्, ‘हामी राम्रो खेल खेल्न चाहन्छौं । हाम्रो पहिलो लक्ष्य ओडीआई स्टाटस पाउनु र टप सिक्समा पुग्नु हो । यहाँ हरेक टिम वल्र्डकपमा छनोट हुन चाहन्छन् र हामी पनि त्यही हो ।’

नेपालले आफ्नो पहिलो खेल जिम्बाब्वेविरुद्ध आइतबार खेल्दैछ ।

नेपाली क्रिकेट सन्दिप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय