+
+
Shares

एक नम्बर ट्रेन्डिङमा ‘शत्रु गते’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १९ गते १५:१२

सार्वजनिक भएको करिब १८ घन्टामै चलचित्र ‘शत्रु गते’को ट्रेलरले युटुबको नेपाल ट्रेन्डिङमा पहिलो स्थान ओगट्न सफल भएको छ । मल्स्टिार कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरलाई १ दिनमा ४ लाख भन्दा बढी पटक पनि हेरिएको छ ।

प्रदिप भट्टराइले निर्देशन गरेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, प्रियंका कार्की, शिवहरि पौडेल, बसुन्धरा भुषाल, राजराम पौडेल, रमेश रन्जन झा, पल शाह, आँचल शर्मा लगायतको मुख्य भूमिका छ । यो चलचित्रबाट मह जोडी चलचित्र निर्माणमा पनि फर्किएका छन् । मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् ।

चलचित्रमा हरिवंश आचार्यको कथा छ भने प्रदिप भट्टराई र दीपकराज गिरी मिलेर पटकथा लेखेका छन् । चलचित्रमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य चलचित्रका निर्माता हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?