+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिटी सेन्टरमा अाफ्नै साथीले लिएका रहेछन् रविनको ज्यान

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते ११:०२

२० फागुन, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर भवनको चौथो तलबाट खसालेर सुरक्षागार्डको हत्या भएको खुलेको छ ।

यसअघि शुक्रबार बिहान भवनको चौथो तलाबाट खसेको अवस्थामा २६ वर्षीय रविन खवास भुजेलको शव फेला परेको थियो ।

सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका रुद्र बस्नेतले खवासको मुख र नाक थिचेर ४ तलमाथिबाट भुजेललाई खसालेर हत्या गरेको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।

भुजल विग मुभिजमा विगत साढे दुई वर्षदेखि सुरक्षागार्डको रुपमा कार्यरत् थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?