Comments Add Comment

प्रतिनिधिसभा सांसदहरुले लिए सपथ

२० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुले सपथ दिलाएका हुन् ।

त्यसअघि ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए । सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लागो पनि वितरण गरिएको छ ।

सपथ ग्रहणमा चार सांसद अनुपस्थित रहे । माओवादीका टोपबहादुर रायमाझी र धर्मशिला चापागाईँका साथै रेशम चौधरी र महेन्द्र राय यादव अनुपस्थित रहे ।

चौधरी टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेलमा छन् भने यादव नागरिकतामा भएको त्रुटीका कारण अनुपस्थित रहे । यदि उनी सहभागी भएको भए उनले नै सपथ गराउनु पर्थ्यो । उनको सपथ भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment