Comments Add Comment

‘गाँजा’ खोज्ने यूवाहरुको कथामा ‘गाँजाबाजा’


चलचित्र ‘गाँजाबाजा’ यूनिट अहिले काठमाण्डौ बाहिरको दौडधुपमा छ । चलचित्रको बिषयमा सुरुवातदेखि नै विवाद भएकाले पनि यसको निर्माणपक्ष बिषयवस्तुलाई स्पष्ट पार्न चाहिरहेको देखिन्छ ।

निर्देशक गणेशदेव पाण्डे आफ्ना कलाकारहरुको साथमा विभिन्न शहरमा पुगेर चलचित्रको कथावस्तु प्रष्ट्याउने कोशिशमा छन् । उनले पोखरा पुगेर भने-‘यो चलचित्र भूकम्प पश्चातको समयमा यूवाहरुको गाँजा हन्टिङ्गको कथा हो । गाँजाको नशाका लागि जे पनि गर्नेहरुको एक दिनको कथामा चलचित्र तयार भएको छ ।’

उनले यो चलचित्र कुनै पनि विदेशी चलचित्रको रिमेक वा एडप्टेड नभएको स्पष्ट पारे । चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय रहेको छ ।

गोमा बिष्ट थापा र दिपेन्ऽ रेग्मीले यो चलचित्र निर्माण गरेका हुन् । ‘टुका इन्टरटेन्टमेन्ट’ र ‘डिआर फिल्मस्’को व्यानरमा निर्माण भएको चलचित्र शुक्रबारदेखि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment