+
+

राष्ट्रपति उम्मेदवार छान्न एमाले स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २२ गते ७:५१
फाइल तस्वीर

२२ फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदवार बन्न एमालेमा तीव्र लबिङ भइरहेका बेला यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

वाम गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति बनिसकेको भए पनि एमालेले यसको टुंगो लगाउन सकेको छैन । फागुन २९ का लागि तय भएको राष्ट्रपति चुनावमा उम्मेदवार बन्न वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालले इच्छा देखाएका छन् । राष्ट्रपतिका यिनै दुई आकांक्षीबारे टुंगो लगाउन एमालेले आज स्थायी कमिटी बैठक बोलाएको हो ।

एमाले सचिव गोकर्ण विष्टले राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न आज एमाले स्थायी समिति बैठक बस्न लागेको जानकारी दिए ।

राष्ट्रपति उम्मेदवारका अतिरिक्त माओवादी केन्द्रसँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?