न्यूयोर्क, २३ फागुन । गत वर्ष अर्बपतिको सूचीमा रहेका फोर्ब्सले साउदी अरेबियाका राजकुमार अवालिद बिन तलालसहित अन्य ९ जनाको नाम समावेश गरेको थियो । तर, यस वर्षको सूचीबाट साउदीअरबका कसैको पनि नाम छैन ।
उनीहरुको सम्पत्तीको बारेमा एकिन जानकारी नपाएका कारण सूचीबाट हटाएको फोर्ब्सले जनाएको छ । तेलको मूल्यमा भएको भारी गिरावटसँगै साउदीले अहिले ठूलो मात्रामा रकम उठाउन लागेको छ ।
यो वर्ष सरकारले एक खर्ब अमेरिकी डलर संकलन गर्ने योजना बनाएको छ । तर, कसले यसका लागि के-कति रकम बुझाउँदैछन् भन्ने बारेमा पनि फोर्ब्सले जानकारी प्राप्त गर्न सकेको छैन ।
साउदी अरेबियाको कडा कानूनका कारण कसको सम्पत्ति कति छ भन्ने बारेमा पनि जानकारी प्राप्त हुन सकेको छैन । जसका कारण पनि उनीहरुलाई यस वर्ष फोर्ब्सको अर्बपति सूचीबाट हटाउनु परेको हो ।
राजकुमार अलवाललिद सहित अधिकांस व्यक्ति अहिले थुनामुक्त भएका छन् । तर उनलाई प्रेससँग कुराकानी गर्नमा भने रोक लगाइएको छ ।
एक जना धनाढ्यले आफ्नो सम्पत्तीलार्इ राज्यलाई बुझाए भन्ने खबर भने थाहा पाएको फोर्ब्सको दावी छ ।
यस वर्ष अर्बपतिको सूचीबाट हटाएका साउदी अरेबियनहरु र उनीहरुको गत वर्षको सम्पत्ती -अमेरीकी डलर अर्बमाः
१. राजकुमार अलवालीद बिन तलाल
१८.७ बिलियन
२. मोहमद अब अमउदी
८.१ बिलियन
३. प्रिन्स सुल्तान बि मोहमब बिन साउद अब काबिर
३.८ बिलियन
४. मोहमद अब इसा
२.६ बिलियन
५. सलेह कमेल
२.३ बिलियन
६. अबदुृल्लाह अब राजी
१.९ बिलियन
७. अब्दुल मजिद अल्होकेयर
१.२ बिलियन
८. सलमान अलहोकारी
१.२ बिलियन
९. फवाज अलहोकेयर
१.२ बिलियन
१०. मोहमद सेराफी
१.१ बिलियन अमेरीकी डलर
प्रतिक्रिया 4