Comments Add Comment

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

२३ फागुन, काठमाडौं । विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ ।

एमाले अध्यक्ष ओलीले फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका थिए भने फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसद्मा शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment