+
+

प्रचण्डदेखि झलनाथले हेरे ‘पंचायत’, प्रिमियरमा मिल्यो उत्कृष्ट प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २६ गते १६:२६


चलचित्र ‘पंचायत’को भव्य रेड कार्पेट प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । चलचित्र हेर्नका लागि विभिन्न दलका शिर्ष नेताहरु, मन्त्री, कलाकार, पत्रकार, चलचित्रकर्मी कुमारी हल पुगेका थिए । चलचित्र हेर्न पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल कुमारी हल पुगे ।

यस्तै, पूर्व अर्थमन्त्री बर्षमान पुन, पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल, नेकपा एमालेका यूवा नेता योगेश भट्टराई लगायत हल पुगेका थिए । चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट कथामा चलचित्र बनेको बताउँदै कलाकारको अभिनय, प्रस्तुतिको खुलेरै प्रशंसा गरे । वि.सं २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।

चलचित्र हेरेपछि पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने–‘चलचित्रले त्यतीबेलाको सामाजिक सांस्कृतिक चित्रण गर्न सफल भएको छ । कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।’ प्रचण्डले कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको बताए ।

यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले चलचित्र यथार्थ, रोचक र मार्मिक भएको बताए । ‘चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’ खनालले भने । चलचित्रको प्रिमियर शोमा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, कांग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, लगायतको उपस्थिती थियो ।

प्रिमियरमा चलचित्रका कलाकारहरु नीता ढुंगाना, सरोज खनाल चलचित्रकै भेषमा हल पुगेका थिए । शिवम् अधिकारीले निर्देशन गरेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सुशान्त श्रेष्ठ, गणेश गिरीले मिलेर बनाएको चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?