+
+

गोंगबुको गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका

गेष्टहाउस सन्चालकसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २६ गते २०:५४

२६ फागुन, काठमाडौं । काठमाडौंको गोंगबु मित्रनगरस्थित श्रीगणेश गेष्टहाउसमा एक युवती मृत फेला परेकी छन् । नयाँ बसपार्क नजिक रहेको सोही गेष्टहाउसमा कार्यरत रोल्पा घर्तीगाउँकी १९ वर्षीया सपना घर्तीमगर शनिबार मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार गेष्टहाउसको पहिलो तल्लाको कोठा नम्बर एकमा युवतीको शव फेला परेको हो । घटना अनुसन्धानको लागि प्रहरीले गेष्टहाउस सन्चालक देवेन्द्र गौतमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक सपनाका दाजु भुपेन्द्रका अनुसार कोठाको भित्ता, बाथरुम र सिरकमा रगत र शरीरमा घाउ चोट देखिएको छ । त्यसैले सपनाको हत्या भएको दावी भुपेन्द्रले गरेका छन् ।

शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?