+
+

भिमेश्वर दर्शन गरेर फर्किंदै गरेकी किशोरीको ट्रिपरको ठक्करबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते ८:३८

२७ फागुन, दोलखा । दोलखाबाट काठमाडौं आउँदै गरेको स्कुटीलाई ट्रिपरले ठक्कर दिँदा स्कुटीमा सवार एक किशोरीको मृत्यु भएको छ ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरेर फर्किंदै गरेको बा १६ प ९३० नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आइरहेको बा ४ ख ३८९५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट बलेफी गाउँपालिका २ फुल्पिङकोट घर भइ हाल काठमाडौ बस्दै आएकी सरिता खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुटी चालक चौतारा साँग्ााचोकगढी नगरपालिकाका विनोद घिमिरे घाइते भएका छन् ।

बेलुकी साढे ९ बजे लामोसाँघु जिरी सडक खण्डको १८ किलो भन्ने स्थानमा स्कुटीलाई ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?