+
+
Shares

प्राइम लाइफको हकप्रद आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते ११:०२


२७ फागुन, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको आइतबारबाट एक बराबर एक दशमलव छ अनुपातको हकप्रद सेयर बिक्री खुला भएको छ ।

कम्पनीको सेयर २०७५ बैशाख २ गतेसम्म खुला रहने भएको छ । फागुन १६ गतेसम्म कम्पनीमा सेयर स्वामित्व भएकाले आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रदले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ दिएको हो । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीले हालै बोनस सेयर घोषणा गरेको थियो । कम्पनीले यस हकप्रदका लगानीकर्ताले समेत प्राप्त गर्ने गरि १२ दशलमव ५० प्रतिशत हकप्रद घोषणा गरेको हो । हकप्रद र बोनस पछि कम्पनीको पुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?