Comments Add Comment

अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छः गृहमन्त्री बादल

२७ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाली अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा भएको बताएका छन् ।

मन्त्रालयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै गृहमन्त्री बादलले मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरुले हातमा लिएको बताएका हुन् । ‘अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छ,’ गृहमन्त्री बादलले भने, ‘भ्रष्टको सामाज्य छ, अब यसको अन्त्य गर्नु छ ।’

उद्योगी व्यवसायीहरुले ठूलो मात्रामा राजश्व छल्ने गरेको भन्दै मन्त्री बादलले त्यस्ता सूचना उपलब्ध गराउन पत्रकारलाई आग्रह गरेका थिए ।

अर्काे फरक प्रसंगमा गृहमन्त्री बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले मुलुकमा विधिको शासन कायम गर्ने भन्दै कुनै पनि गलत क्रियाकलाप र गतिविधिको अन्त्य गर्ने बताए ।

सुरक्षा संयन्त्र समेत अस्तव्यस्त भएको गृहमन्त्री बादलको भनाइ छ । मुलुकमा पूर्ण रूपमा स्थायित्व अाइनसकेको बताउँदै थापाले भने, ‘याे देशमा फेरि अस्थिरता ल्याउनलार्इ विभिन्न शक्तिहरूले चलखेल गरिरहेका छन् ।’ त्यस बारे सरकार सचेत रहेकाे पनि उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment