२८ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंगो लगाउँदै छ । सोमबार दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले उम्मेदवार छनोट गर्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन सिंहदरवारमा बिहान शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।
अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी छन् ।
माओवादीसँग भएको सहमतिअनुसार एमालेले राष्ट्रियसभाको अध्यक्ष पाएको छ । सभामुख भने माओवादीबाट कृष्णबहादुर महरा बनिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4