Comments Add Comment

विश्वकप छनोटः हङकङलाई हराउनै पर्ने दबावमा नेपाल

२८ फागुन, काठमाडौं । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । लगातार तीन खेल हारेको नेपाललाई सोमबार हुने समूह ‘बी’ को अन्तिम खेल फराकिलो अन्तरले जित्नुपर्ने दबाव छ ।

नेपालले यो खेल जितेमा ओडीआई स्टाटसको सम्भावना रहन्छ भने हारेमा रेलिगेसनको खतरा रहन्छ । त्यसैले एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्नैपर्ने हुन्छ ।

यदि नेपालले हङकङलाई फराकिलो अन्तरले हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । झिनो अन्तरमै हङकङलाई हराएमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । तर, त्यसका लागि सोमबार नै हुने समूह ‘ए’ को खेलमा भर पर्छ ।

सोमबार यूएई र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र वेष्टइण्डिज खेल्नेछन् । यदि नेदरल्याण्ड्सले ८७ रन बढीको जित निकाल्यो र आयरल्याण्डले यूएईलाई ५७ रन अन्तरले हरायो भने नेदरल्याण्ड्स सुपर सिक्समा पुग्छ ।

समूह एबाट वेष्टइण्डिज सुपर सिक्समा पुगेको छ । आयरल्याण्ड र यूएईको ४-४ अंक छ भने नेदरल्याण्ड्सको दुई अंक छ । पपुवा न्यूगिनीले चार वटै खेल गुमाएको छ । अर्थात ओडीआई स्टाटसको एक सिट बाँकी हुन्छ ।

तर, नेपाल हङकङसँग हार्ने र यूएई सुपर सिक्समा पुग्ने हो भने नेपालले ओडीआई स्टाटस पाउने मौका मात्र गुमाउने छैन, फेरि डिभिजन टूमै घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment