+
+

अनेरास्ववियु र युवासंघद्वारा भरतपुर महानगरको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २८ गते १३:१२

२८ फागुन, चितवन । भरतपुर महानगरपालिकामा मनोमानी रुपमा कर्मचारीको पदपूर्ति गरेको भन्द्यै एमाले निकट युवा संघ र अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।

महानगरपालिकाले सामाजिक परिचालक, अन्य प्राविधिक कर्मचारीहरुको माग गर्दा स्वच्छाचारिता अपनाएकोले तत्काल विधि अवलम्वन गर्न भन्दै ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियु चितवनका जिल्ला संयोजक धिपन भण्डारी, जिल्ला इन्र्चाज एवम् केन्द्रीय सदस्य प्रकाश भट्ट, युवा संघका जिल्ला इन्र्चाज प्रल्हाद प्रधान, जिल्ला संयोजक दिलिप न्यौपानेले महानगरपालिकाकी मेयर रेनु दाहाललाई ध्यानार्कषण पत्र बुझाउँदै जथाभावी कर्मचारी भर्ती गरे वडामा हाजिर हुन नदिने चेतावनी दिएका हुन् ।

उनीहरुले लोकसेवा आयोग मार्फत विधि संगत ढंगबाट कर्मचारी छनोट गर्न माग गरेका छन् । स्थानीय शिक्षा ऐन निर्माणमा विद्यार्थी संघसंगठनहरुलाई बेवास्था गरिएको आरोप लगाउँदै एकलौटी तयार गरिएको ऐन कार्यान्वयन हुन नदिने बताएका छन् ।

महानगरको फुटपाथ व्यवस्थापन, मनपर्दी रुपमा बढाइएको व्यवसाय करप्रति पनि ध्यानार्कषण गराए । महानगरपालिकाकी मेयर दाहालले सम्बन्धित सरोकारवालसँग छलफल गरेर अघि बढ्ने वताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?