+
+

गुल्मी कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, ५० दिने ‘गाउँ जाऔं,गाउँमै रमाऔं’अभियान

अनिल खत्री अनिल खत्री
२०७४ फागुन २९ गते १०:५०

२९ फागुन गुल्मी । नेपाली कांग्रेस गुल्मीले छायाँ सरकार गठन गरेको छ । पार्टीको २० औं बैठकले छायाँ सरकार गठन गर्दै मन्त्रालयका रुपमा विभिन्न २६ वटा विभागहरु गठन गरेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले ५० दिने अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाका ९३ वटै वडाहरुमा ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ मुल नाराका साथ ५० दिने अभियान सुरु गर्न लागिएको कांग्रेस गुल्मीका सभापति श्रेष्ठले बताए ।

पार्टीको २० औं बैठकले गरेको निर्णय सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति श्रेष्ठले भने,-‘यस अभियानका क्रममा हामी पार्टीको नेता बनेर होइन, सर्बसाधरण गरीब जनता बनेर ती गरीब र दलितको घरमा एक हप्तासम्म बसेर उनीहरुको गरीबी, अभाव, विभेद र अन्यायको पीडा कस्तो हुँदो रहेछ भन्ने खोजिने गरी अभियान तय गरिएको हो ।’

अभियानको क्रममा दलित र गरीब परिवार पछाडि पर्नुको कारण खोज्ने छौं,’ सभापति श्रेष्ठले थपे, ‘एक हप्तासम्म त्यस दलित परिवारले जे खान्छन हामी पनि त्यही खाने छौं, उनीहरुले जे काम गर्छन हामी पनि उनीहरुसंगै त्यही काम गर्नेछौं ।’

नेपाली कांग्रेसको संगठन कमजोर हुँदै गएको महशुस गरी नयाँ ढंगबाट पार्टीलाई रक्त सञ्चार दिने गरी यस्तो अभियान सुरु गर्न लागिएको उनको भनाइ छ ।

एक वडा एक जिल्ला नेता तोकिने, एक टोल एक हप्ता एक गरीब, दलितको घरमा बिताएर त्यस गाउँ र जनजीविका, उनीहरुको भावना बुझ्न केन्द्रीय प्रतिनिधिसमेत बोलाइने गरी अभियानको कार्यविधि बनाउन लागिएको पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

यस अभियानको पूर्व सन्ध्यामा वडास्तरसम्म पुगेर कार्यकर्तालाई प्रतिपक्षको रचनात्मक भूमिकाबारे प्रशिक्षण दिने, क्रियाशील सदस्यताले पालना गर्ने कुराबारे कार्यविधि बनाइने कांग्रेसले जानकारी दिएको छ ।

छायाँ सरकारका रुपमा विकास निर्माणमा हुने गरेको अनियमितता, भ्रष्टाचार, ढिला सुस्ती, साधनस्रोतको दुरुपयोग भएको प्रति निगरानी र खबरदारी गर्ने, जनताको जनजीविकाको सवाल उठाउने सभापति श्रेष्ठले बताए ।

बिकास योजना बनाउँदा सिंहदरबारबाट होइन गाउँका गरीबको झुपडीमा बसेर बनाउनु पर्छ भन्ने नेता विपी कोइरालाको बिचारलाई मूर्तरुप दिने सभापति श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?