Comments Add Comment

नेपाली अमेरिकन कलाकार संघको अध्यक्षमा सुमन निर्वाचित

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको तेस्रो अधिवेशन न्यूयोर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा न्यूयोर्क लगायत अन्य शहरका नेपाली समाजका अगुवा तथा संघ/संस्थाका नेतृत्व वर्ग तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अमेरिकामा आएर पनि कलाकारहरुवीच एकता तथा संगठित भएकोमा संघ/संस्थाका नेतृत्व तथा प्रतिनिधिहरुले कलाकारहरुको प्रशंसा गरे ।

यसको साथै नेपाली समुदायलाई कलाकारले दिएको मनोरन्जन र कार्यको बारेमा चर्चा परिचर्चा गर्दै शुभकामना दिएका थिए ।

अमेरिकामा पहिलो पटक सन २०१२ मा नायिका गौरी मल्लको समयमा गठन भएको कलाकार संघ अहिले तेस्रो अधिवेशमा आइपुग्दा नायिका गौरी मल्ल गायक गोम्बु शेर्पा हुँदै अहिले लोकगायक सुमन बुडा मगर नेतृत्वमा छन् ।

गत मार्च ११ तारिख सम्पन्न निर्वाचनमा दोश्रो पटक सुमन बुडा मगर निर्वाचित भए । हिजो संपन्न अधिवेशनमा निवर्तमान महासचिव अभय ढुंगेल उप बिजेता भए । केही पद निर्बाचन प्रकृयाबाट र केही निर्विरोध गरेर नयाँ कार्यसमिति चयन भएको छ ।

जसमा अध्यक्षमा सुमन बुडा मगर तथा बरिष्ठ उपाध्यक्षमा निसा सुनार छन् । यसै गरी उपाध्यक्षमा खड्गबहादुर (विक्की) पुलामी मगर, बसन्ती राई, गीता बिर्लाकोटी, एत्ना कार्की र पार्वती राई, साथै रचनाकार उपाध्यक्ष(खाली रहेको), महासचिवमा लोकदोहोरी गायक बिमल डाँगी, सचिब सौरमराज तुलाधर, कोषाध्यक्ष संगीता थापा मगर, सह-सचिव मुना भण्डारी, सह-कोषाध्यक्ष प्रेम सेन्चुरी र युवा संयोजक रूबिन शर्मा छन् ।

यसै गरी क्षेत्रीय उपाध्यक्ष (वेष्ट कोश) रामसिंह बस्नेत छन्। त्यसै गरी कार्यसमिति सदस्यहरूमा पुष्कर बराल, सुवर्णकुमार शाक्य, दिलिपकुमार मगर, पूजा न्यौपाने, सुरेन्द्र बास्तोला, रामकुमार सिंह, दीपा थापा, नविन स्रेष्ठ र सुवास चन्द्र मोक्तान छन्।

उक्त सम्मेलनमा सुवर्ण क्षेत्रीलाई संघले ‘जीवनकाल कार्यसम्पादन’ पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

अमेरिकन कलाकार संघको अधिवेशन हरेक दुईदुई वर्षमा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment