नेपालमा प्रदर्शन भैसकेको चलचित्र ‘कृ’ अहिले विभिन्न देशमा प्रदर्शन भैरहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, साउदी अबर, हङकङ लगायतका देशमा चलचित्रको प्रदर्शन भैरहेको वुझिएको छ । यसैविच, चलचित्रको भव्य प्रदर्शन जापानमा सम्पन्न भएको छ । जापानको शोमा सहभागी हुनका लागि चलचित्रका नायक अनमोल केसी, निर्माताद्धय सुवास गिरी र भूवन केसी, संचारकर्मी सचित खड्का जापान पुगेका थिए ।
जापानको टोक्यो शहरमा रहेको १५ सय सिट क्षमताको हलमा चलचित्र प्रदर्शन गरिएको छ । जसमा, हजार बढी दर्शकले चलचित्र हेरेका छन् । जापानमा नेपाली चलचित्रको आजसम्मकै सर्वाधिक भव्य शो भएको आयोजकले बताएको छ । नायक अनमोल केसी पुगेका कारण पनि यूवतीहरुको भिड बढी देखिएको थियो ।
जापानमा इश्वर श्रेष्ठ र सुवास लामिछानेले चलचित्र प्रदर्शन गरेका हुन् । फ्यानको माझबाट अनमोल केसीलाई बाहिरन निकाल्न आयोजकलाई धौ-धौ परेको थियो । विशेषगरि, यूवतीहरुले ‘अनमोल-अनमोल’ भन्दै हुटिङ गरेका थिए । अनमोलले पनि संभव भएसम्म धेरै फ्यानसँग सेल्फी खिचे ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
तस्बिरः श्रवन भट्टराई
प्रतिक्रिया 4