+
+
Shares

प्रधानन्यायाधीशको बचाउमा उत्रिए सर्वोच्चका कर्मचारी युनियन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १९:४३


२९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादका कारण न्यापालिकानै विवादमा परेका बेला सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पक्षमा उभिएको छ ।

सर्वोच्चमा कार्यरत कर्मचारी संगठनहरुले अविलम्ब पूर्ण बैठक बसी समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । न्यायाधाशीहरुका कारण उत्पन्न समस्या समयमै समाधान नगरिए बेन्च बहिस्कार गर्ने न्यायाधीशहरुको राजीनामा मागसहित आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियन आवद्ध विभागीय कार्य समितिहरुले संयुक्त विज्ञप्ति निकाली न्यायालयको मानमर्दन तथा न्यायपालिकाको जनआस्था खस्कने कार्यमा न्यायाधीशनै संलग्न रहेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा आधिकारिक ट्रेड युनियन  अध्यक्ष प्रकाश पराजुलीसहित एमाले सम्वद्ध निजामति कर्मचारी संगठनका अध्यक्ष धनराज पोखरेल र कांग्रेस सम्बद्ध कर्मचारी युनियनका अध्यक्ष प्रभाकरकुमार मल्लिकले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?