Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
भोजराज न्यौपाने
२०७४ चैत २ गते १०:४९
आफ्ना नेताको गुद्वार हरिद्वार सम्झनेहरु यस्तै हुन । जे बोले/भने पनि हुने है । कठै बिचरा ।
devendra
२०७४ चैत १ गते १२:००
Dhan baad ra DON baad haru rahunjel Nepali congress le kehi garna sakdaina, voli NC vanne party pani thiyo ra Nepalma? vanne din auna sakxa
ह्वाकुको क़ाइलो
२०७४ चैत १ गते ११:४९
ई गगने गंण्गने ले कति सारो भनेको हाम्रो ह्वाकुमा जन्मी हुर्केका सम्माननीय प्रधानमन्त्रि ज्यु लाई!!!! एमाले ले भेटे भने जिब्रो पो थुत्छन है गगने गंण्गने ज्यु ए मा ले लाई आफ्ना देवता सरह त्यस्ता कुरा ठुला ठुला नेता को बिरोध गर्ने भनेर उफ़्रिञ्छन है, उफ़्रिञ्छन गगने गंण्गने ज्यु·!!!
Doha-Qatar
२०७४ चैत १ गते ११:००
sujab dinu vanda pardesh ma basna choder nepal aaunu hos ani bichar garnu hos kasto hunxa,
Kaushal
२०७४ चैत १ गते १०:४३
Good
Sudipchandra ghimire
२०७४ चैत १ गते ९:५७
Gagan thapa minister huda government ko major kam election garaunu thiyo tara pani 9 months huda gareko jati kam oli sarkar le gar6
Gagane
२०७४ फागुन ३० गते २३:४५
यस्ता उखानेले देश बनाउछ सहयोग गर भन्न लाज लागेन निमेश जि? मैले पढिन के लेखेको छ् कुन्नि, शिर्षक हेरेर यो भन्नेकुरो भन्दैछु! देश चलाउने र देश बनाउने दुई नितान्त भिन्न कुरो हो पहिले यसलाई बुझ्नुपरो! देश चलाउनेसम्मको त कुरो गराईनै भयन यो जोसुकैले पनि सक्छ म पनि सक्छु गोडा पांचेक बर्ष देश चलाउन, यल्ले भन्दा राम्ररि चलाउन सक्छु, कम्सेकम् एसएलसि त पास गर्याछु थर्ड् डीभिजनमै भएनि! हामिलाई अहिलेको जटिल् समयमा चाहियको देश बनाउने ब्यक्तित्वो हो र देश तेस्ले मात्र बनाउनसक्छ जो सङ् भिजन छ! द्रीस्ट्रि, अर्थतन्त्र र अर्थशास्त्रको, समाजिकि र समाजशास्त्रको, देश, जनता र भौगोलिकता आदिको भिजन जोसंग छ तेस्ले मात्र देश बनाउन सक्छ! भिजनको लागि अध्यायन चाहिन्छ! अध्यायन देशको, अध्यायन देशको, अर्थतन्त्रको, समाजिकताको, भौगोलिकताको, जनता र जनजिबिकाको। देशको हालैमात्र होइन अन्तरास्त्रिय अर्थतन्त्र, ब्याबसायिकता समाजिकताको पनि चाहिन्छ किनकि आजको युग् अंतरास्ट्रियकरणको युग हो जहा बिश्वोनै एक अर्को मा अन्तरसम्बन्ध छ, भैरहेको छ! मतलब यो एक्काईशौ शताब्दिको बिश्वो हो! यो प्रबिधि, शिक्षा र बिग्यता को युग हो! यस्तो आधुनिक युगिन दुनियामा तैरनुपर्ने समयको देशलाई यस्ता टूक्के घामड् टेस्ट् फेल नालायक ले देश बनाउछ सहयोग गर भन्न लाज् लाग्नुपर्ने हो! आफु प्रम हुन नपाउन्जेल सम्बिधान संसोधन रास्ट्रघात थियो तर आफु प्रम बन्न पाउने बित्तिकै तेहि संसोधन् समय र् युगको आवस्यकताभो! यस्ता कुराहरु खोजि खोतालि लेख्नेहो भने महाभारतको ठेलीलाई जित्दछ! यस्लाई त लाज को कुरै भयन तर यस्तालाई भोट् दिएर अगाडिल्याउने अनि प्रम बनाउने र अझै यस्तोले देश बनाउछ भनेर सोच्ने र भन्ने अनि सहयोग गर भन्नेहरुलाई अलिकति लाज् लाग्नुपर्ने हो आंचि नखायकाहरु भय!
गगने
२०७४ फागुन ३० गते २३:४४
यस्ता उखानेले देश बनाउछ सहयोग गर भन्न लाज लागेन निमेश जि? मैले पढिन के लेखेको छ् कुन्नि, शिर्षक हेरेर यो भन्नेकुरो भन्दैछु! देश चलाउने र देश बनाउने दुई नितान्त भिन्न कुरो हो पहिले यसलाई बुझ्नुपरो! देश चलाउनेसम्मको त कुरो गराईनै भयन यो जोसुकैले पनि सक्छ म पनि सक्छु गोडा पांचेक बर्ष देश चलाउन, यल्ले भन्दा राम्ररि चलाउन सक्छु, कम्सेकम् एसएलसि त पास गर्याछु थर्ड् डीभिजनमै भएनि! हामिलाई अहिलेको जटिल् समयमा चाहियको देश बनाउने ब्यक्तित्वो हो र देश तेस्ले मात्र बनाउनसक्छ जो सङ् भिजन छ! द्रीस्ट्रि, अर्थतन्त्र र अर्थशास्त्रको, समाजिकि र समाजशास्त्रको, देश, जनता र भौगोलिकता आदिको भिजन जोसंग छ तेस्ले मात्र देश बनाउन सक्छ! भिजनको लागि अध्यायन चाहिन्छ! अध्यायन देशको, अध्यायन देशको, अर्थतन्त्रको, समाजिकताको, भौगोलिकताको, जनता र जनजिबिकाको। देशको हालैमात्र होइन अन्तरास्त्रिय अर्थतन्त्र, ब्याबसायिकता समाजिकताको पनि चाहिन्छ किनकि आजको युग् अंतरास्ट्रियकरणको युग हो जहा बिश्वोनै एक अर्को मा अन्तरसम्बन्ध छ, भैरहेको छ! मतलब यो एक्काईशौ शताब्दिको बिश्वो हो! यो प्रबिधि, शिक्षा र बिग्यता को युग हो! यस्तो आधुनिक युगिन दुनियामा तैरनुपर्ने समयको देशलाई यस्ता टूक्के घामड् टेस्ट् फेल नालायक ले देश बनाउछ सहयोग गर भन्न लाज् लाग्नुपर्ने हो! आफु प्रम हुन नपाउन्जेल सम्बिधान संसोधन रास्ट्रघात थियो तर आफु प्रम बन्न पाउने बित्तिकै तेहि संसोधन् समय र् युगको आवस्यकताभो! यस्ता कुराहरु खोजि खोतालि लेख्नेहो भने महाभारतको ठेलीलाई जित्दछ! यस्लाई त लाज को कुरै भयन तर यस्तालाई भोट् दिएर अगाडिल्याउने अनि प्रम बनाउने र अझै यस्तोले देश बनाउछ भनेर सोच्ने र भन्ने अनि सहयोग गर भन्नेहरुलाई अलिकति लाज् लाग्नुपर्ने हो आंचि नखायकाहरु भय!
lily aryal
२०७४ फागुन ३० गते १५:४४
Sujab Ramro lagyo...
खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला
२०७४ फागुन ३० गते १५:४३
अहिले नेपाली जनताले वाम गठबन्धनलाई बहुमत दिनुको कारण स्थिर सरकार र ५ वर्षमा देशमा समृद्धिको आकाक्षाँ हो । अहिले न पहिले नेपाली जनता हरु सधै सुसान, समृद्धि चाहन्छन , उनीहरुलाई थाहाछैन कसलाई भोट दिए स्थिर सरकार र कसलाई भोट हाले अस्थिर सरकार बन्छा, नेपाली जनता हरु सधै स्थिर सरकार चाहन्छन, चूनाब जिते पछि एमाले माओबादी ले दाबी गर्ने कुरा हुन् इ , तर आस्चर्य !! तपाइहरुको बाम गठबन्धन जितेको यत्रो ४ महिना भयो, अहिले सम्म केहि पनि सोच तयार गरेको रहेनछ, एउटा गतिलो भासन त् तयार रहेंनछ अस्ति ससदमा हाम्रा प्रधानमन्त्री स.मा. प्र. म. ओली जीको भासन सुनेर के तपाई लाई लग्यो अबको ५ -१० वर्षमा देशमा समृद्धि आउँछ ?? के त्यस्तै पंचायत काल को मन्त्रि हिरा लाल बिस्वोकर्मा ले गरे जस्तो भासन गर्दा देशमा समृद्धि आऊँछ ?? के तपाई लाई दुख लागेन , सारै राम्रो लागो स.मा. प्र. म. ओली जी भासन ??? मलाई सारै दुख लग्यो , हाम्रा स.मा. प्र. म. ओली जी थाहा थियो त् म प्रधान मन्त्रि बन्दै छु, के त्यस्तै भासन गरेर ५-१० बर्स एमाले माओबादी ले देस हक्न्नू विचार छ कि के हो, यस्स्वो "outline ओफ़ strategic एक्शन फोर ट्रांस्फोर्मेशन न्यु नेपाल मा एमाले माओबादी को सोच" का ४-५ लाइन मात्र भनं सक्नु भएनता . सम्ब्बबत अस्ति ससदमा पाएको जस्तो सुनौला मौका स.मा. प्र. म. ओली जी लाई फेरी कहिले आँउने छैन , नेपाली जनता ले अस्ति ससदमा स.मा. प्र. म. ओली जी बाट आगामी ५ वर्ष देश कता कसरी जान्छ, पोलिसी के हो, हाम्रो पोलेशी ज्ञाप कहाछा, कस्ता रणनितिक दिशा अपनाएको छ, श्रोत् को आबकस्यता र कमि कसरी पुरा गरिन्छ, कति समय सिमा मा के के काम पुरा हुन्छन र त्यसको ग्यारेन्टी के छ जस्ता ठुलो कुरा सुन्ने आस गरेका थिए आस निरस मा परिणत भयो , खैत वाम एकता किन, ३/४ मत किन त्यसको औचित्य पुस्टि गर्न सक्नु भएन भएन त्यति नाथे कुरा सम्म भन्न सक्नु भएन त ?? के आधारमा विश्वास गर्ने ? बम गठबन्धन को गणित हेरेर ? कि ३/४ मत पाउने बित्तिक्कै देशमा समृद्धि आउँछ ?? कंक्रिट एक्शन चाहियो, सोच चहियो, भन्नु पारो बिपक्षी बाट के के कुरा को आस गरेको छ भनेर ??? अस्ति ससदमा भासन should be directed all of Nepali people showing our guding star, un negotaiable destiny, sharing agenda, shering plan of action, policy guideline, - which should be very broder and should inspire us to join

प्रवासबाट गगन थापालाई खुलापत्रः केपी अोलीलार्इ सहयोग गर्न तयार हुनुस्

माननीय गगनकुमार थापा ज्यु,
मरुभुमीको जमीनबाट नमस्कार !

सिद्धान्तका योद्धाहरुको तर्फबाट ढिलै भएपनि शुभकामना छ । संघीय संसदमा निर्वा्चित हुनुभएकोमा । सिद्धान्तका योद्धाहरु लेखिरहदाँ कुनै राजनैतिक दलको प्रवास समितिको कार्यकर्ताको भान परेको हुन सक्छ । तर, पंक्तिकार कुनै पनि राजनैतिक सिद्धान्त बोकेका दलको कार्यकर्ता नभएको जानकारी गराँउछु ।

हामी देशको आर्थिक समृद्धिको मेरुदण्ड एवं परिवारको सुरक्षित भविष्यका लागि मुलुकबाट बाहिर पसिनाका बिक्रेता हौं । सहज पारिवारीक जीवन नै हाम्रो एक मात्र सिद्धान्त हो ।

करिब ३० प्रतिशत रेमिट्यान्स नेपालको अर्थिक बजेटमा पुग्ने गरेको पृष्ठभूमिको जानकारी तपाईंलार्इ पनि छ ।

तथापी देशले हामीलाई र हाम्रो श्रमलाई सही मूल्यांकन गर्न नसकेको पीडा बोक्न बाध्य छौं । त्यसैगरी वैदेशिक रोजगारीमा आउने क्रममा ठगिनु हाम्रो बाध्यता हो ।

युवायुवतीहरु प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लाग्ने गर्दछन । तपाईं विध्यार्थी नेता भएदेखि स्वास्थ्य मन्त्री बनुन्जेलसम्म देखिसक्नु भएको छ । देशमा नै रोजगारी स्थापना हुन नसकेको अवस्था बारे पनि जानकार हुनुहुन्छ होला ।

संघीय संसदको रोष्टममा उभिएर तपाईंले भाषण गर्दैगर्दा प्रवासमा रहेका हामी आम नेपालीले मुक्त कण्ठले प्रशंसा गरेका थियौ ।
भाषण सुन्दा साह्रै मज्जा मान्ने हाम्रो प्रवृति जो प¥यो । तर, जब राति ओच्छायानमा लम्पसार परेर देश, बाध्यता र तपाईको भाषणको पुनरावृति भयो तपाईको भाषणका केही अभिब्यक्तीप्रति सहमत हुन सकिन ।

हो तपाईंले गरेको भाषण अनुसार समयको कालखण्ड अनुसार देश नबन्नुका विभिन्न कारणहरुलाई समयको चक्र अनुसार हामीले किटान गरेका मुद्धाहरुको विरुद्धमा जनताहरु सडकमा उत्रिए । ती शासन व्यवस्थाको अन्त्य पनि गरे । तर, देश र जनताको आर्थिक अवस्थामा परिबर्तन हुन सकेन । चाहे त्यो राणा शासनको अन्त्यको आन्दोलन होस वा पञ्चायती शाषण व्यवस्थाको अन्त्य । चाहे ज्ञानेन्द्रको सत्ताको धुलिसात गर्ने अभियान होस वा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन ।

नेपाली जनताले हरेक परीर्वतनका मुद्दाहरु स्थापना गर्ने अभियानमा सरिक भई परिवर्तनको र समृद्धिका सपना निरन्तर देख्न र महशुस गर्न खोजे । तर, प्राप्त गर्नुका सट्टा ‘हात्ती आयो हात्ती आयो फुस’ भन्ने उखानको चरितार्थ मात्र भयो ।

अहिले नेपाली जनताले वाम गठबन्धनलाई बहुमत दिनुको कारण स्थिर सरकार र ५ वर्षमा देशमा समृद्धिको आकाक्षाँ हो । त्यसमा कसैको विमति छैन । हरेक यात्राको शुरुवात पहिलो पाईलावाट नै हुन्छ ।

देशका राजनैतिक दल विगत २०४६ सालदेखि नै अस्थिर सरकारका कारण दिक्क बनिसकेका छन । प्रत्येक ६ महिनामा हुने गरेका सरकार परिवर्तनले गर्दा आजकाल हाजिरी जवाफमा ‘नेपालका हालका प्रधानमन्त्रीको हुन ?’ भन्ने प्रश्नको जावाफ जहिले पनि गलत हुन थालिसकेको छ । जसको कारण नेता र नेतृत्व प्रति नै बितृष्णा पैदा भएको छ ।

अस्ति भाषणमा तपाईंले कण्ठ गरेका वाम गठबन्धनको चुनाबी घोषणा पत्रमा उल्लेख गरेको कार्यको पूर्णता गर्ने कार्यमा अग्रसर भए हामी बालुवाको रासमा भविष्य खोज्नेहरु देश फर्कन सम्भब हुने थियो । तर, तपाईंले दुई तिहाईको हाराहारीमा पुग्ने प्रधानमन्त्री केपी ओलीको आकांक्षामा प्रश्न मात्र होईन उनी महाथिर वा लिकुवान हुन्छन कि भनि प्रश्न गर्दा त्यति न्यायोचित लागेन ।

भोलि केपी ओली महाथिर वा लिकुवानको नक्शा कदमा हिँडे भने आफ्नो राजनैतिक भविष्य सकिने तपाईंको स्वार्थ हुनसक्छ । त्यसैले उक्त नक्सा कदमको बिरोध गरेको हुनसक्छ ।

त्यसैगरी महाथिर र लिकुआन युले देशको समृद्धि र जनताको जिवनस्तरको श्रीबृद्धिमा कदम चाल्दा डिक्टेटरसीप पनि नगरेका होइनन् । विकास र समृद्धिका लागि उक्त कार्यलाई विरोध नै गर्नु पर्दछ भन्ने कुरामा हामी सहमत हुन सक्दैनौ ।

देशको समृद्धि कुनै निश्चित राजनैतिक दर्शन, सिद्धान्तले हुदैन भन्ने कुरा बुझेका छौ । समृद्धि र समुन्नत राष्ट्र हुनका लगि दह्रो ईच्छा शक्ति भएको सरकारको आवश्यक्ता छ । यदि वाम गठबन्धन मार्फत बनेको ओली सरकार देशको अर्थिक बृद्धिदर प्रत्येक बर्ष १० प्रतिशतले गर्ने इच्छा शक्ति बोक्छ, नेपाल र नेपालीलाई कृषिमा उन्नत बनाउदै ३ वर्षमा उत्पादति उत्पादन बिदेश निकाशी गरी रकम छनछनी गन्न चाहन्छ, पर्यटक आँगमन दर बढाउन चाहन्छ भने हामीले खोजेको त्यही हो । माथि उल्लेखित कार्य गरी यदि नेपाल र नेपालीको जिवन स्तरको बृद्धि गर्न जो सुकै नेता र दलले महाथिर र लिकुआन यु बन्नु पर्दछ ।

हामी देश भित्रको भ्रष्टचार, बेरोजगारी, अशिक्षित एवं बिश्वको पहिलो गरीब मुलुक भएको वर्षौ देखी टुलुटुलु देख्दै र भोग्दै आएका छौ ।

निर्यातका नाउँमा युवा जनशक्ति पैठारी गर्न सक्ने क्षमता मात्र हामीसँग देखिएको छ । परिबर्तनका नाममा प्राप्त उपलब्धिले देश र जनताको समुल परीवर्तन गर्न सकेन । त्यसैले हामीलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, राजतन्त्र वा एककात्मक राज्य व्यबस्था मुल कुरा रहेन हाम्रो लागि अब ।

सहज गाँस, बाँस, कपास, स्वास्थ्य, सुरक्षा र आर्थिक समृद्धिद्धारा नेपाल र नेपालीको समृद्धि आजको आवश्यक्ता हो । त्यसैले यदि केपी ओली, प्रचण्ड, शेर बहादुर वा तपाईं आफै नै यदि देशको समुल परीवर्तन, बिकास र देशको वर्तमान जर्जर अवस्थाबाट निकाश दिन माहथिर, लिकुआन यु वा अन्य कुनै अमुक पात्र बन्नु कुनै ठुलो कुरा होइन ।

हाम्रो एक मात्र अभिष्ठा भनेको देश र जनताको समृद्धि, राष्ट्र र राष्ट्रियता प्रतिको ईमान्दारीता हो । हामी त्यो हेर्न चाहन्छौ ।

त्यसैले राजनीति देश र जनताका लागि हुनुपर्दछ । समय समयमा भएका परिर्वतनले देश र जनताको जीवनस्तरलाई उकास्ने काम गर्न सकेन ।

देश र जनता जहिले रसातलमा भासिदै गएका छन । भष्ट्रचार, तस्करी, गरीबी र पछैटेपनले देश हायकायल भएको छ । हाम्रा हरिया राहादानीहरु बिदेशी मुलुकमा अति कम्जोर र सस्तो भएको छ ।

त्यसैले तपाईं साच्चै नै देश र जनताको लागि राजनीति गरेका हो भने देशको समृद्धि र विकास र सुशासनका लागि तपाईं आफै पनि नेतृत्वमा गएर महाथिर वा लिकुआन यु बन्नु पर्दछ भने बन्नुहोस् । होइन बन्न सक्नुहुन्न भने र अर्को कोहीमाथि उल्लेखित कार्य गरी आम जनता र देशको मुहार फेर्न महाथिर वा लिकुआन यु बन्न चाहान्छ भने तपाईं पनि सहयोग गर्न तयार हुनुहोस् ।

त्यसको एक मात्र शर्त भनेको देश र जनताको मुहारमा खुसी र समृद्धिको चाहाना होस् तर निरंकुशता हैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment