Comments Add Comment

आर्थिक बिकासमा ढुवानी ब्यवसायीको ठूलो योगदानः मुख्यमन्त्री राउत

३० फागुन,सिमरा । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले देशको आर्थिक बिकासमा ढुवानी ब्यवसायीको भूमिका अतुलनीय रहेको बताए ।

तराई यातायात ब्यवसायी संघ सिमराको १३ औँ वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि राउतले पछिल्लो समय ढुवानी ब्यवसायीको आवाजसँग परिचित रहेको बताउँदै अब नयाँ नीति निर्माणसँगै ब्यवसायीको समस्या समाधान हुने र हातेमालो गर्दै देश निर्माणमा अगाडि बढन् आवस्यक भएको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश २ का भौतिक योजना तथा बिकास मन्त्री जितेन्द्र सोनलले देशले संघीयता प्राप्त्ा गरिसकेकोले अब ट्रक ब्यवसायीहरुले नयाँ अवधारणामा अगाडि बढ्न आवश्यक रहेको बताए ।

ढुवानी ब्यवसायीको समस्या समाधानका लागि आफू लागि पर्ने भन्दै सोनलले सडक सञ्जालको ब्यवस्थापन हुन नसक्दा पनि समस्या बढेको बताउँदै प्रदेशमा ६ देखि ८ हजार नयाँ सडक निर्माण गर्न आवश्यक रहेको बताए ।

संघका अध्यक्ष ओमकृष्ण कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै तराई यातायात देशकै सबैभन्दा ठूलो यातायात ब्यवसायी संघ भएकाले पनि यहाँका यातायात ब्यवसायीहरुको समस्यालाई देशले बेवास्था गर्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment