Comments Add Comment

ट्रयाक्टर दुर्घटना हुँदा रोल्पामा दुईको मृत्यु

३० फागुन, रोल्पा ।  बुधबार दिउँसो रोल्पामा भएको ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी रोल्पा नगरपालिका-१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ नं को ट्र्याक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment