+
+
Shares

बाबुराम फर्किनुपर्छ, नत्र उहाँलाई नै पोल्छः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १ गते १०:४६

१ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहकर्मी एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई माओवादीमा फर्कन आग्रह गरेका छन् ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा नयाँ शक्तिका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेर बाबुरामले गम्भीर गल्ती गरेको बताए ।

आफूले पटक-पटक फर्किन आग्रह गरेको भन्दै उनले भने, ‘हाम्रो त भनाइ बाबुराम जीहरु समेत यही जोडिन आइपुग्नुपर्छ भन्ने हो । नत्र कुनै भविश्य छैन ।’

उनले अघि भने, धेरै ठूलो भूल गर्नुभएको छ, यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ । दुःख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ ।’

माओवादी र कम्युनिष्ट आन्दोलनका लागि काम गरेकाहरु एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उनले विप्लव समूहलाई पनि पार्टीमा र्फकन आहृवान गरे ।

जनताको आर्थिक विकास र सम्वृद्धिको चाहाना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वाम गठबन्धनको पक्षमा उभिएको उनले बताए ।

गोरखामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुनरमिलनको संज्ञा दिँदै माओवादी अध्यक्ष प्रचण्डले गोरखा फेरि पनि कम्युनिष्ट किल्ल्ााकै रुपमा कायम रहने विश्वास व्यक्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?