Comments Add Comment

बिस्तारै चपाएर खाना खानुको फाइदा के छ ?

खाना के खाने ? धेरैले यसको जवाफ खोज्ने गर्छ । सन्तुलित र पौष्टिक आहार खानुपर्छ भन्ने हामीले जानकारी पाइसकेका छौं । खाना कसरी सन्तुलित हुन्छ ? यसको जावफ पनि धेरैले खोजिसके होलान् । सन्तुलित खाना त्यही हो, जसमा शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्दो हुन्छ ।

शरीरलाई जीवित एवं स्वस्थ्य राख्नका लागि पौष्टिक पदार्थको आवश्यक हुन्छ । त्यस्ता पौष्टिक पदार्थमध्ये अधिकांश खानेकुराको माध्यामबाट आपूर्ति हुन्छ । खानेकुरा नै पौष्टिक तत्वको स्रोत हुन् ।

अतः स्वस्थ्य जीवनका लागि कुन खानेकुरामा के पौष्टिक तत्व हुन्छ भन्ने जान्नुपर्छ । साथसाथै ति पौष्टिक तत्व कसरी ग्रहण गर्ने र कति मात्रामा लिने भन्ने कुराको पनि ज्ञान हुनुपर्छ ।

यी भए, सन्तुलित र पौष्टिक खानपानको कुरा ।

यससँगै हामीले जान्नुपर्ने अर्को कुरा हो, कसरी खाने भन्ने । खान पनि जान्नुपर्छ भनिन्छ । वास्तवमा खाना खाने तरिकाले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ । खाना कसरी खाइयो भन्ने कुरा एकदमै महत्वपूर्ण छ ।

अक्सर हामी खाना सेवन गर्दा सोच्दैनौ, स्वाद लिएर बिस्तारै खानुपर्छ भन्ने कुरा । खाना खानका लागि हामी उति समय छुट्याउँदैनौ । आरमसाथ खाना सेवन गर्दैनौं । जबकी खानामा रहेको पौष्टिक पदार्थ राम्ररी ग्रहण गर्नका लागि विस्तारै चपाएर खाना खानुपर्छ ।

किन ?

खाना खाँदा स्वाद लिएर चपाई-चपाई खानुपर्छ । तर, किन ?

किनभने, यसरी खाँदा मुखमा पर्याप्त पाचन रस निस्कन्छ । खानेकुरा राम्ररी टुक्रिन्छ । यसरी टुक्रिएको खाना पाचनरससँग घुल्छ । फलतः खानेकुरा पचाउन सजिलो हुन्छ ।

त्यस बिपरित राम्ररी नचपाई, हतार-हतार खानेकुरा खाइयो भने त्यसबाट आवश्यक पोषक तत्व शरीरले ग्रहण गर्न सक्दैन ।
यसले मोटोपना बढ्नुका साथै खाएको खानालाई शक्तिमा परिणत गर्ने -मेटाबोलिक )क्षमतामा र्‍हास आउने सम्भावना बढी रहन्छ । शरीरको मेटाबोलिक क्षमतामा र्‍हास आएमा मधुमेह हुने, मोटापना, मुटु रोग लगायतका समस्या पैदा हुन्छ ।

बिस्तारै चपाएर खाना खाँदा अनेक फाइदा पुग्छ ।

-पूर्खाहरुले भन्ने गरेका छन्, खानेकुरा स्वाद लिएर खानुपर्छ । कुनैपनि खानेकुरा हतारमा पेट भर्नका लागि खाने होइन, स्वाद लिएर मन तृप्त हुनेगरी खानुपर्छ । यसले शरीरलाई उर्जा दिन्छ, मनलाई सन्तुष्ट तुल्याउँछ ।

-खानेकुरा सेवन गर्दा बिस्तारै चपाएर खानुपर्छ । हामीलाई थाहा नै छ, राम्ररी चपाएको खानेकुराले पाचन यन्त्रलाई भार दिदैन । सहजै पच्छ । यसले शरीरलाई आवश्या पोषक तत्व आपूर्ति हुन पाउँछ ।

-चपाएर खानुको अर्को फाइदा भनेको ओभरडोज खाइँदैन । जबकी हतारमा खाना सेवन गर्दा भरपेट खाइन्छ । के भनिन्छ भने खाना कहिल्यै भरपेट खानुहुँदैन । यसले पचाउने क्रियामा असर गर्छ । खाना सेवन गर्दा एक तिहाई भाग खाली रहनुपर्छ ।

-खाना चपाएर सेवन गर्दा पेटमा अतिरिक्त भार पर्दैन । अपचको समस्या हुँदैन । एसिडिटी बढ्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment